पोखरा, १२ वैशाख । कोभिड–१९ जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय धौलागिरि क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सदस्य खेम सारु, सङ्गम घर्तीमगर र सन्तोष गौतमको उपस्थितिमा महासङ्घका चारै जिल्ला शाखाका पदाधिकारीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।बागलुङमा ४०, पर्वतमा ३५, म्याग्दीमा २४ र मुस्ताङमा १० ‘सेट’ सुरक्षा सामग्री उपलब्ध गराइएको समितिका महासचिव गणेश पौडेलले जानकारी दिए । उनका अनुसार गुणस्तरीय एन–९५ सहित सर्जिकल मास्क पनि प्रदान गरिएको छ ।
कोभिड–१९ को समाचार सङ्कल र सम्प्रेषणमा जोखिम मोलेर काम गरिरहेका प्रदेशका ११ वटै जिल्लाका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको समितिका उपाध्यक्ष शान्ति गुरुङले बताइन् ।उनले विशेष सुरक्षा सावधानी अपनाउँदै सङ्कटका बेला जिम्मेवार भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे । सामग्री बुझेपछि बोल्दै महासङ्घ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले सुरक्षा सामग्रीको उपलब्धताले पत्रकारको मनोबल बढ्ने धारणा राखिन् । शाखाले पनि विभिन्न निकाय र सङ्घसंस्थासँग सहकार्य गरेर सुरक्षा सामग्री वितरण गरिरहेको उनको भनाइ छ । यस अघी सुरक्षा सामग्री हाल सम्म प्रदेश समितिले तनहुँ , लमजुङ , गोरखा, नवलपरासी (पुर्व) र मनाङका लागि सामाग्री हस्तान्तरण गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास
बागलुङ ताराखोलामा चट्याङ लागेर १ जनाको मृत्यु
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
हराएको ३७ वर्षपछि फकिएको मूर्ति हस्तान्तरण
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
hero news full width
मुख्य समाचार
कास्कीका विद्यालय बन्द नहुने
कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
वैशाख २, २०७८गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
वैशाख २, २०७८संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
वैशाख २, २०७८