महानगरको राहत कोषमा ४ करोड ७ लाख

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७७
nirman byawasahi samiti

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा ४ करोड ७ लाख ३३ हजार ४ सय ९ रुपैयाँ जम्मा भएको छ । निर्माण व्यवसायी समिति पोखराले १ लाख १ हजार ५ सहयोग गरेको छ । समितिका अध्यक्ष नारायण गुरुङ लगायतको समूहले महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेको हो ।

पोखराको सगरमाथा माविले ५० हजार सहयोग गरेको छ । माविका संस्थापक कृष्णराज अधिकारी, प्राचार्य धनबहादुर थापाले उक्त रकम बराबरको चेक महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले २४ हजार ५ सय सहयोग गरेको छ । महासंघका कास्की अध्यक्ष मोहनप्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष ऋषिराम शर्मा, केन्द्रीय सदस्य शिवराज बास्तोला र कास्कीका सदस्य प्रकाश बास्तोलाको टोलीले नगरप्रमुख जिसीलाई रकम हस्तान्तरण गरेको हो ।

कलम बचत तथा ऋण सहकारीले २५ हजार सहयोग गरेको छ । सहकारी अध्यक्ष ऋषिराम शर्माले चेक नगरप्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । नेपाली एकता मञ्च बेल्जियमका सदस्य चन्द्रकुमारी गुुरुङले २० हजार सहयोग गरेकी छन् । उनले पठाएको रकम वडा नम्बर १७ का वडा सदस्य शान्ता गुरुङले महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरेकी हुन् । सहयोग गर्ने सम्पूर्ण संघ संस्थालाई महानगर प्रमुखले आभार व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width