स्कूल सञ्चालक मृत फेला

रासस
वैशाख १२, २०७७
arrested1.2e16d0ba.fill-650×500

घोडाघोडी, १२ वैशाख । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित बिहानी क्षितिज इङ्लिस बोर्डिङ स्कूलका सञ्चालक कृष्णप्रसाद भुसाल मृतावस्थामा फेला परेका छन् ।

गौरीगङ्गा नगरपालिका–९ बसोबास रहेका ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका–१० मा रहेको कैलाशधाम मन्दिर क्षेत्रमा फेला परेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार शवको आँखा, मुख र घुँडामा चोट देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सुखडका प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेका छ ।

Related News

सम्बन्धित समाचार

hero news full width