बेलायतमा थप तीन नेपालीको मृत्यु

रासस
वैशाख १२, २०७७
BRITAIN-HEALTH-VIRUS

फाेटाेः एएफपी ।

बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो ।

प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी भारत बस्दै आउनुभएको थियो भने भूपू गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि उहाँ लण्डनको बस्न थाल्नुभएको थियो । आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उहाँले पूर्णकालीन रुपमा कामसमेत गर्दै आउनुभएको समाजसेवी लीलादेवी गुरुङले बताउनुभयो ।

खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने बीमा नाछिरिङ राईको पनि उपचारका क्रममा जर्ज इलिट अस्पतालमा मृत्यु भएको हो । उहाँ भूपू गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी हुनुहुन्छ । उहाँ गत वर्ष मात्र बेलायत आउनुभएको थियो । एक साताअघि कोरोनाको सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएकी राईलाई पहिलेदेखि मिर्गाैलाको समस्या रहेको ब्रिटिश गोरखा भेट्रन्स एशोसिएशनका महासचिव भीम सारुमगरले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको बुधबार मृत्यु भएको छ । बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा निधन भएको नातेदार विजयविक्रम लिङदेलले जानकारी दिनुभयो ।

तीन साताअघि अस्पताल भर्ना भए पनि तीन दिन पहिला मात्रै कोरोना भएको अस्पतालले पुष्टि गरेको थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्ने लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आइरहनुभएको समाजसेवी कमल गुरुङ बताउनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width