आमाको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्न

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७७

फाेटाेः सामाजिक सञ्चालबाट।

पोखरा, ११ बैशाख । गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले माता तर्थि औशीको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेकी छिन्।

उनले चामल दाल नून, तेल लगायत अन्य सामाग्री हस्तान्तरण गरेकी हुन् । आफ्नी आमा देहान्त भएको र आमाको सम्झनामा उनले सो खाद्यान्नय आश्रमलाई प्रदान गरेको बताईन् ।

त्यसै गरी जिफन्ट उपाध्यक्ष समेत रहेकी उनले पोखराको चाउचाउ उद्योगहरु निरिक्षण गरेकी छिन् । केहि दिन अघि मात्रै हिम श्री फुड्स र रम्भा तयारी चाउचाउ उद्योगहरु संचालनमा आए पछि मजदुरहरुको अवस्था के कस्तो रहेको छ भनेर निरिक्षण गरेको बताईन् ।

सो निरिक्षणको क्रममा मजदुरबाट कुनै पनि गुनासो नआएको बताईन् । उनले भनिन् ‘ कम्पनीमा बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार काममा लगाईएको छ । सामाजिक दुरी कायम गरिएको छ । महिला र पुरुषलाई छुट्टा छुट्टै क्वारेन्टीनमा राखिएको छ । ’ चाउचाउ उद्योग निरिक्षण भ्रमण क्रममा उनले मजदुरहरुलाई काम गर्दा सावधानी अपनाउन आग्रह गरेको बताईन् ।

सो अवसरमा श्रम कार्यालयका प्रमुख गणेश श्रेष्ठले चाउचाउ उद्योगमा हाल ६०।६० जना मजदुरहरु कार्यरत रहेको बताए ।