ढाका । बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ।
बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताउनुभयो ।
कोरोनाभाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो ।
कोरोनाको संक्रमण बढ्दै गएसँगै उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पु–याइएको थियो । अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ ।
करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोनाभाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने तीन हजार ७७२ जना संक्रमित भएका छन् ।
Related News
सम्बन्धित समाचार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्
अफगानिस्तानको मस्जिदमा एकै परिवारका ८ जनाको हत्या
भारतमा एकै दिनमा २ लाख ६१ हजार सङ्क्रमित, १५ सयको मृत्यु
नाइजरको विद्यालयको आगलागीमा २० बालबालिकाको मृत्यु
अन्तरिक्षमा पठाइने २ जनाको नाम घोषणा
hero news full width
मुख्य समाचार
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
वैशाख ६, २०७८पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८