एन्फाद्वारा विदेशी खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७७
ANFA Rahat 1

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु फुटबल खेल्दै आएका विदेशी खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरसको महामारीबाट घरेलु फुटबल अवरुद्ध बनेपछि बेरोजगार बनेका २८ विदेशी खेलाडी तथा प्रशिक्षकलाई एन्फाले दैनिक उपभोग्य बस्तु वितरण गरेको हो । सहिद स्मारक ए डिभिजन लिगको दौरान विभिन्न क्लबबाट खेल्दै आएका खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरिएको एन्फाले जनाएको छ ।

पछिल्लो एक महिनादेखि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरको जनजीवन प्रभावित बनेको छ । सोही अवस्थामा आर्थिक संकट ब्यहोरेका विदेशी खेलाडी तथा प्रशिक्षकलाई एन्फाले राहत दिएको हो ।

एन्फाले आफ्नै साधनमा राहत बोकेर उपत्यकाका विभिन्न स्थानमा पुगेर खेलाडी तगा प्रशिक्षकहरुलाई राहत वितरण गरेको जनाएको छ । एन्फाले यसअघिनै आफ्ना २ एम्बुलेन्स ललितपुर महानगरलाई कोरानाबिरुद्धको अभियानमा प्रयोग गर्न दिइसकेको छ । यस्तै, एन्फाले प्रदेश २ को रौतहटमा रहेको महिला फुटबल एकेडेमी सरकारलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width