काठमाण्ठडौ, ११ वैशाख । पार्टी विभाजन र संवैधानिक परिषद्सँग सम्बन्धित दुवै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओली तयार भएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशले अनावश्यक विवाद सिर्जना गरेको भन्दै आफू दुवै अध्यादेश फिर्ता लिन तयार भएको बताएका हुन् ।विहीवार विहान अध्यक्ष प्रचण्डसँगको भेटमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिन तयार रहेको वताएका हुन् । आज नै अध्यादेश फिर्ता लिने गरी राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ ।
नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले आज (बिहीबार) नै दुवै अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। उनका अनुसार पार्टीभित्र र बाहिर अध्यादेशको विषयमा चर्को दबाबपछि चार दिनमै प्रधानमन्त्री ओली पछि हट्न बाध्य भएका हुन् । कारोना संक्रमणको कारण देशव्यापी लकडाउनको अवस्थामा रहेको दलहरुलाई विभाजनमा खुकुलो बनाउने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका थिए। त्यसविरुद्ध विपक्षी दल मात्रै नभएर पार्टीभित्र समेत चर्को आलोचना भएको थियो।
सचिवालय सदस्यहरुले स्थायी समितिको बैठक बोलाएर अध्यादेशको विषयमा छलफल हुनुपर्ने माग गरेपछि प्रधानमन्त्री दबाब परेका थिए। त्यसपछि उनले अध्यादेश नेकपातर्फ नभई संघीय समाजवादीतर्फ रहेकोबताएका थिए। बुधबार राति अध्यादेशलाई असफल बनाउन समाजवादी दल र राष्ट्रिय जनता दलबीच एकताको घोषणा भएको थियो। समाजवादी पार्टीककी उपाध्यक्ष रेणु यादवले समेत नयाँ दल दर्ताका लागि आवश्यक पर्ने संख्या जुटाउन नसकेपछि प्रधानमन्त्री ओली चार दिनमै अध्यादेश फिर्ता लिन बाध्य भएका हुन्।
Related News
सम्बन्धित समाचार
सुदूरको सिंहदरबार : सरकार त पुग्याे, विकास भने आकाशकै फलजस्तो
प्रकाशकीय : अबिराम अविचलित यात्रा
एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
hero news full width
मुख्य समाचार
सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
प्रदेशस्तरीय सुरक्षा गोष्ठी : गण्डकीमा कस्तो छ सुरक्षा अवस्था ?
चैत्र ३१, २०७७कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
चैत्र ३०, २०७७‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७