अमेरिकाको मलायन चार बाघमा कोरोना संक्रमण

Avatar एजेन्सी
वैशाख ११, २०७७
animals_hero_lions_0

न्यूयोर्क, ११ वैशाख । अमेरिकाको न्युयोक स्थित ब्रंक्स चिडियाघरमा यसै अप्रिल महिनाको सुरुवातमा एक मलाएन बाघमा कोरोना संक्रमण भएको थियो। हाल सोही चिडियाघरका थप चार बाघ र तीन अफ्रिकन सिंहमा कोरोनाको संक्रमण पुष्टि भएको अमेरिकाको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जानकारी दिएको छ।

बाघ र सिंहमा कोरोनाको लक्षण देखिन थालेपछि परीक्षण भएको थियो। नयाँ संक्रमित चार बाघमध्ये एक बाघमा भने कोरोनाको लक्षण देखिएको थिएन। चिडियाघरका कर्मचारीमा कोरोनाको संक्रमण भएपछि उनीबाटै जनावरमा कोरोना फैलिएको सीएनएनले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads