किरियापुत्री नेपाल फर्के

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७

तस्वीरः विनोद सिंह विष्ट, रासस

बैतडी । लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुवा बितेको चार दिनपछि बुधबार बेलुका नेपाल प्रवेश पाएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुवा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाएका हुन् ।

झुलाघाट नाकाबाट नेपाल प्रवेश गरेका किरियापुत्रीका बुवा उजले धामीको आइतबार मृत्यु भएको थियो।  भारतीय क्वारेन्टाइनमा रहेकै बेला ती मजदूरका बुबा बितेका हुन् ।

नेपाल भित्रिँदा स्वास्थ्य चेकजाँचलगायतका सम्पूर्ण प्रक्रिया पुर्याइएकाे जनाइएको छ । उनीहरु तीनै जना पिथौरागढको गर्मेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका थिए। पाँच भाइमध्ये तीन भाइ भारतमा मजदूरी गरी फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको आमाको पनि निधन भएपछि छ दिनपछि नेपाल भित्र्याइएको थियो।

हाम्रो सुझाव