पोखराको कोषमा रोड सोको पाँच लाख ५५ हजार

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
kalu gurung

पोखरा, १० वैशाख । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । बुधबार रोड सो कस्ट्रक्सन प्रालिले ५ लाख ५५ हजार सहयोग गरेको छ ।

रोड सो प्रालिका अध्यक्ष कालु गुरुङले उक्त रकम बराबरको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेका हुन् । महानगरले थालेको कोरोना रोकथाम नियन्त्रण र जोखिमा परेका नागरिकलाई सहयोग गर्न महानगरले थालेको अभियानमा रोड सोले सहयोग गरेकोमा जिसीले धन्यवाद दिए ।

यसैगरी आमा मिलन बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार सहयोग गरेको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर थापा क्षेत्री, सल्लाहाकार इन्दिरा पौडेल, कोषाध्यक्ष गोविन्द तुलाचन र सहकारी प्रबन्ध निर्देशक धु्रवराज पौडेलको टोलीले महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width