मुख्यमन्त्री गुरुङद्वारा नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको शुभकामना

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
Prithivi subba gurung

पोखरा ,१० बैशाख । नेकपा गण्डकी इन्चार्ज एबम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ द्वारा नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको शुभकामना ब्यक्त गरेका छन् ।

गुरुङले एक प्रेस बिज्ञप्ति मार्फत आजको दिन नेपालको कम्युनिष्ट आन्दोलन एवं नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको लागि विशेष दिन भएको र आजकै दिन विश्व सर्वहारा ्एवं श्रमजीवी वर्गका नेता कमरेड लेनिनको जन्मदिन पारेर २००६ साल वैशाख १० गर्ते (२२ अप्रिल १९४९) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको भन्दै नेपाल कम्युनिष्ट पार्टीको ७१ औँ स्थापना दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

उनले पुष्पलाल लगायत नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको उचाइसम्म ल्याइपु¥याउन योगदान गर्नुहुने सवै अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । राष्ट्रिय स्वाधिनता तथा लोकतन्त्र प्राप्तिका निम्ति सञ्चालित विभिन्न शान्तिप्ुर्ण जन–आन्दोलन, सशस्त्र संघर्ष लगायत न्याय, समानता एवं स्वतन्त्रताको निमित्त भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने आदरणीय शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा वेपत्ता एवं घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्र्दछु । नेपालको कम्युनिष्ट आन्दोलनलाई निरन्तर साथ, समर्थन र ऐक्यवद्धता प्रकट गर्नुहुने सवैप्रति आभार प्रकट गर्दछु । बिज्ञप्तिमा भनेका छन् ।

बिज्ञप्तिमा देशका दुई ठूला कप्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द)ं वीच ऐतिहासिक एकता सम्पन्न भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन भएपश्चात नेपालको कम्युनिष्ट आन्दोलनले देशभित्र मात्र होइन विश्व कम्युनिष्ट आन्दोलनमा समेत नयाँ पहिचान र उचाई स्थापित गर्न सफल भएको छ । हामीलाई नेपाली सर्वहारा श्रमजीवी जनताको पूर्ण साथ समर्थन प्राप्त त भएकै छ, विश्व सर्वहारा श्रमजीवी जनताको मुक्ति आन्दोलनले समेत आशा र भरोशाको केन्द्रको रुपमा हेरिरहेको छ । यो हाम्रो लागि एउटा महान अवसर र गौरवको विषय पनि हो । यस सन्दर्र्भमा नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो निर्दिष्ट लक्ष्यमा सफल भई विश्व कम्युनिष्ट आन्दोलनलाई समेत दिशानिर्देश गर्र्न सक्नुपर्दछ ।

यतिवेला पार्टीलार्ई वैचारिक, सैद्धान्तिक, सांगठनिक एवं भावनात्मकरुपमा अझै एकतावद्ध र सुदृढ वनाउनु हामी सवैको मुख्य् कार्यभार हो भनिएको छ । साम्राज्यवाद विरोधी यस नयाँ जनवादी राज्य व्यवस्थालाई सुदृढ पार्दै नेपाललाई एक्काइसौँ शताब्दिको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्नका लागि वलियो आधार तयार पार्ने यस अभियानमा विजय प्राप्त गर्न पार्टीलाई अभेध्य एकता र फलामे अनुशासनका साथ अगाडि वढाउँदै निष्ठा र धैर्यताका साथ लाग्न यस दिनले हामी सवैलाई थप प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछु ।यतिवेला हामी विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको साझा सत्रु कोरोना भाइरस रोग (कोभिड–१९) का विरुद्धमा लडिरहेका छौँ । यस रोगका विरुद्धमा एकतावद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न यस दिनले हामी सवैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्दछु गुरुङ्ले भनेका छन ।

Related News

सम्बन्धित समाचार

hero news full width