भूपू माननीय नन्दजंग गुरुङको बेलायतमा निधन

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
nanda

पोखरा, १० वैशाख । भूपू. राष्ट्रिय पञ्चायत सदस्य तथा समाजसेवी नन्दजङ गुरुङको बेलायतमा निधन भएको छ ।कास्कीको मादी गाउँपालिका–२ ताङतिङ पण्डित टोलमा जन्मिएका  गुरुङ  विगत केही समयदेखि बेलायतमा बसोबास गर्दै आएका थिए । उनी एक राजनीतिज्ञ मात्रै नभई तमू जातिको इतिहासविद्, पैडी एवम् एक कुशल बुद्धिजीवी पनि थिए । विगत केही समयदेखि क्यान्सर रोगबाट ग्रस्त थिए । सोमवार राति बेलायतमा ८७ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनले ताङतिङबासीले एक कुशल अभिभावक, सामाजिक अभियान्ता तथा सबैको मार्ग दर्शक गुमाएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ बताए । वि.सं. २०२१ सालमा तत्कालीन लमजुङ जिल्लाको प्रतिनिधित्व गरेर माननीय बनेका गुरुङले ताङतिङ गाउँलाई देश विदेशमा चिनाउनुका साथै आफनो क्षेत्रमा विकास निर्माणको काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले काहुँखोला– दुधपोखरी ग्रमिण सडक निर्माणलगायत कास्कीको उत्तरपूर्वी गाउँहरुको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । पोखरा–१२ सितलादेवीमा बस्दै आएका स्वर्गीय गुरुङका श्रीमती, एक छोरा र चार छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width