सगरमाथा सहकारीले राहत वितरण गर्यो

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७७
sagarmatha rahat2077

खैरेनीटार, १० बैशाख । सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्लागण्डकी नगरपालिका वडा नम्बर ६ र ७ ले बिपन्न तथा दैनिक जीवन गुजारा गर्न नसक्ने परिवारलाई राहत वितरण गरेका छ ।

शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल, वडा सदस्य बुद्धिबहादुर थापा, वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा, १५ घर परिवार प्रत्येकलाई एक/एक बोरा चामल, एक/एक किलो दाल, एक/एक किलो चना, दुइ/दुइ किलो आलु, एक/एक लिटर तेल, एक/एक किलो नून, मस्यौरा र हात धुने साबुन प्रदान गरिएको थियो ।राहत वितरण गर्दै सगरमाथा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवराज घिमिरेले सहकारीले सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width