फ्रान्सेली दुइवटा लिग जुनमा सुरु गरेर जुलाईमा सक्ने एलएफपीको योजना

एजेन्सी
वैशाख १०, २०७७
League De Football Proffessional

कोरोना भाइरसको महामारीका कारण स्थगनमा रहेको फ्रान्सेली लिग–१ र लिग–२ को २०१९/०२० सिजन जुन १७ मा सुरु गरेर जुलाई २५ मा सम्पन्न गर्ने समाचार छ ।

फ्रान्समा व्यावसायिक लिगहरू सञ्चालन गर्ने आधिकारिक निकाय लिग डे फुटबल प्रोफेसनल (एलएफपी)ले योजना सार्वजनिक बनाएको हो । एलएफपी बोर्डका सबै सदस्यहरूले सर्वसम्मत रूपमा शीर्ष डिभिजन र दोस्रो डिभिजनको लिग जुन १७ मा सुरु गरेर जुलाई २५ मा सक्ने विषयमा सहमति जनाएका हुन् ।

कोरोना भाइरसको महामारीले फ्रान्समा उग्र रूप लिन थालेपछि मार्च ११ देखि शीर्ष दुई डिभिजनका लिग स्थगित गरिएका थिए । सरकारले पूरा देशव्यापी लकडाउन गरेको थियो । लकडाउनलाई मे ११ तारिखसम्मका लागि लम्ब्याइएको छ ।

एलएफपीले यो सिजनका बाँकी खेलहरू बन्द रंगशालामा दर्शकको उपस्थितिविना गर्ने योजना बनाएको छ । तर, त्यसका लागि सरकारी अनुमति भने आउन बाँकी नै छ ।

एलएफपीको जारी विज्ञप्तीमा भनिएको छ, ‘हामीले अगस्ट २२ मा २०२०/०२१ को नयाँ सिजन पनि सुरु गर्न सक्नेछौं । सरकारले अप्रिलको अन्त्यमा गर्ने निर्णय हाम्रा लागि महत्वपूर्ण हुनेछ । त्यो बेलासम्म कोरोना भाइरसको अवस्थामा नियन्त्रण लिन सकिए सरकारले लकडाउन खुला गर्नेछ र हामीलाई पनि बन्द रंगशालामा खेल गराउने अनुमति दिनेछ ।’

एलएफपीले आफूहरू च्याम्पियन्स लिग र युरोपा लिगको क्यालेन्डर पनि पर्खिरहेको बताएको छ । युइएफएले आफ्ना प्रतियोगिताहरूको तालिका सार्वजनिक गरेमा त्यहीअनुसार आफूलाई घरेलु लिगको तालिका बनाउन सजिलो हुने एलएफपीले जनाएको छ ।

यसैगरी, एलएफपीले फ्रान्स फुटबल संघ (एफएफएफ)को मेडिकल कमिसनसँग पनि फ्रान्समा महामारीको अवस्थाबारे अध्ययन गरेर कहिलेदेखि क्लबहरूको अभ्यास सुरु गर्न सकिने भन्ने विषयमा सुझाव मागेको छ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width