गण्डकी प्रदेश सांसद थापाले गरे महानगरको राहत कोषलाइ सहयोग

एजेन्सी
वैशाख ९, २०७७
krishna thapa- mahanagarpalika sahayog

गण्डकी प्रदेश सभाका माननीय सांसद कृष्ण बहादुर थापाले आज पोखरा महानगरपालिकाको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषको लागि सहयोग गरेका छन्।

प्रदेश सभा सांसद थापाले गण्डकी प्रदेश सभाको सदस्य तथा तत्कालिन पोखरा उप–महानगरपालिकाको मेयर भएको हैसियतले पोखरा महानगरपालिकालाइ आफ्नो तर्फबाट कोषको लागि सकेको सहयोग गरेको बताए ।

सरकारले एकद्वार प्रणाली अन्तरगत राहत वितरण गर्ने भनेको हुदा कुनै राजनीतिक स्वार्थ नराखी पचास हजार पाँच सय पाच बराबरको चेक महानगरपालिकाका मेयर मान बहादुर जिसीलाइ हस्तान्तरण गरेकाे र अन्य सहयोग गर्न इच्छुकलाई पनि सरकारले बनाएको एकद्वार प्रणाली अन्तरगत रहेर सहयोग गर्न अपिल गरे।

थापाले यस भन्दा अघि गण्डकी प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो ४५ दिन बराबरको सेवा सुविधाबाट प्राप्त गर्ने रकम सहयोग गरेका थिए ।

प्रदेश सांसद थापाले विश्व नै संकटमा परेको बेलामा नेपालले पनि त्यो लडाई लड्न सहयोगी हातहरु चाहिने बताए । राष्ट्र संकटमा परेको बेलामा जनताले पनि आआफ्नो ठाउँबाट राष्ट्रलाई सहयोग गर्नुपर्ने बताए । सांसद थापाले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न क्षेत्रबाट सक्दो सहयोगमा जुट्नको लागि आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width