फेरी थपिए काेराेना बिरामी, संक्रमित संख्या ४२ पुग्याे

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७७
17848 DOH Testing Lab

उदयपुरमा थप ११ जनामा संक्रमण रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रेस विज्ञप्ति मार्फत ९ जना पुरूष र २ महिलाकाे नतिजा पाेजिटिभ भहेकाे पुष्टि गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

योसँगै नेपालमा संक्रमितको संख्या ४१ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ जना निको भई घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads