प्रभु बैंकद्वारा २ लाखको खाद्यान्न सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७७
prabhu bank (1)

पोखरा, ९ बैशाख । प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिकालाई खाद्यान्न सामग्री प्रदान गरेको छ । बैंकले दुई लाख मूल्य बराबरको खाद्य सामग्री प्रदान गरेको हो । बैंकका क्षेत्रीय प्रवन्धक शान्ति शेरचनले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई सामग्री प्रदान गरेकी हुन् ।

सामग्री बुझदै पोखरा महानगरका उपप्रमुख गुरुङले कोरोना भाइरसको संक्रमणमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभु बैंकले गरेको सहयोग प्रशंसनीय रहेको बताइन् ।देश संकटमा परेका बेला सवैको सहयोग र साथले मात्रै सफलता प्राप्त गर्न सकिने उनले बताइन् । यस्तै पोखरा महागनरले स्थापना गरेको महानगर विपद् व्यवस्थापन कोर्षमा पेमा छाल शाक्य मोनास्टिक इन्टिच्यूटले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई लामागुरु टासी आङगेलले उक्त रकम हस्तान्तरण गरे ।

यस्तै गण्डकी प्रदेश सांसद एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पोखरा महानगरको राहत कोर्षमा ५० हजार ५ सय ५ रुपैयाँ सहयोग प्रदान गरेका छन् । उनले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे । थापाले कोरोना भाइरसको संक्रमणमा समस्यमा परेकाहरुलाई राहत प्रदान गर्न आफुले ब्यक्तिगत रुपमा थोरै भएपनि सहयोग गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width