कोरोना महामारी नियन्त्रणमा नआउँदै च्याम्पियन्स लिगको तालिका सार्वजनिक

एजेन्सी
वैशाख ९, २०७७
UEFA Champions League

कोरोना महामारी नियन्त्रण नहुँदै युरोपियन फुटबल महासंघ (युइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको समाचार छ ।

द सनले समाचारजनाएअनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको हो । जसमा अन्तिम १६ को दोस्रो लेगमा युभेन्टस र ओलम्पिक लियोन तथा म्यानचेस्टर सिटी र रियाल मड्रिडको खेल अगष्ट ७ तारिखमा राखेको छ ।

यस्तै, बार्यन म्युनिख र चेल्सी तथा बार्सिलोना र नापोलीको खेल अगष्ट ८ तारिखको लागि तय गरिएको जनाएको छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले नापोलीसँग १–१ गोलको बराबरी खेलेको थियो । म्यानचेस्टर सिटी रियालसँग २–१ ले विजयी बनेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width