अमेरिकाले लगायो आप्रवासनमा अस्थायी प्रतिबन्ध

एजेन्सी
वैशाख ९, २०७७
1206667634.jpg

पोखरा, ९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनमा अस्थायी प्रतिबन्ध घोषणा गरेका छन् ।सोमबार राति ट्रम्पले अमेरिका आप्रवानमा अस्थायी रोक लगाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने बताएका हुन् ।

ट्रम्पले इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ’अदृश्य दुस्मनले हामीलाई आक्रमण गरिरहेको छ, महान अमेरिकी जनताको रोजगारी सुरक्षा गर्न आवश्यक छ, संयुक्त राज्य अमेरिकामा आप्रवासन रोक्ने कार्यकारी निर्देशनमा म हस्ताक्षर गर्न जाँदैछु।’ आप्रवासन प्रतिबन्ध कहिलेसम्म लम्बिन्छ भन्ने स्पष्ट भएको छैन । अमेरिकी सीमाभित्र आइसकेका र ग्रीन कार्ड लिइसकेकालाई ट्रम्पको यो निर्णयले पार्ने प्रभावबारे पनि हालसम्म अमेरिकी अधिकारीहरुले प्रष्ट पारेका छैनन् । यतिखेर अमेरिका कोरोना महामारीको सबैभन्दा भयानक चपेटामा फसेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width