दुबै अध्यादेशप्रति नेपाली कांग्रेसकाे गम्भीर असहमति

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
Sherbahadur-deuba-1

प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमबार जारी भएको दुबै अध्यादेशमा गम्भीर असहमति जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको बताएका छन् ।

सरकारले सोमबार संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र विपक्षी दलका नेता विना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पेश गरेकाे थियाे। सिफारिस गरेको दुवै अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रमाणीकरण गरेकी छन् ।

विश्व एक भएर कोरोनाको संक्रमणसँग लडिरहेको बेला यसरी अध्यादेश ल्याउनु सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको कांग्रेस सभापति देउवाले बताएका छन् ।

कांग्रेस सभापति देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दछ।’

Related News

सम्बन्धित समाचार

hero news full width