कोरोना संक्रमितकाे शव व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
11

पाेखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा नेपाली सेनाले शव व्यवस्थापनको विषयमा कृत्रिम अभ्यास गरेको छ ।

पाेखरा १४ स्थित एक व्यक्तिको कोभिड – १९ बाट मृत्यु भएको भन्ने काल्पनिक घटनालाई आधार मान्दै सुरक्षित रुपमा शवको व्यवस्थापन गर्नको निम्ति अपनाइनुपर्ने उपायहरुको बारे उक्त अभ्यासमा प्रस्तुतीकरण गरिएको थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, नेपाली सेनाका पश्चिम पृतना प्रमुखज्यू, नेपाल प्रहरीका प्रदेश प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, सामाजिक विकास मन्त्रालय र  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवज्यू, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखज्यूहरु, पोखरा महानगरपालिकाका मेयरज्यू लगायतका अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

शव व्यवस्थापन गर्दा व्यक्तिगत सुरक्षा कवच(पिपिई) लगाउने, शव बोक्ने सामग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्ने भन्ने अभ्यास गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width