पोखरा । कोरोना भाइरसको महामारी र सरकारले गरेको लकडाउनले मजदुरी गर्ने र छाक टार्न समस्यामा परेकाहरुलाई गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले चामलका बोरा बोक्दै सहयोग जुट्नु भएको छ । पहारीले पौखरी स्वयमसेवी संस्थाले सञ्चालन गरेको भोजन वितरण कार्यमा सोमबार ७ बोरा चामल र तेल सहयोग गर्नुभएको हो ।
उहाँले अहिले तत्कालको आवश्यकतालाई हेरेर सहयोग गरेको आवश्यक परे हरेक दिन चामल तेल लगायतका खाद्यान्न सहयोग गर्न आफू प्रतिवद्ध भएको बताउनुभयो ।
उहाँले कास्कीका कुनै पनि जनताले गाँसबाँसको समस्यामा परे तुरुन्तै खबर गर्न समेत आग्रह गर्नुभयो।
उहाँले लकडाउन सरकारको रहर नभइ, जनताको सुरक्षा गर्नु सरकारको दायित्व भएकाले सबैले लकडाउन पालना गर्न पनि आग्रह गर्नुभयो । पौरखीका राजु शर्मा तिमिल्सिनाले जनप्रतिनिधीबाट पहिलोपल्ट सहयोग प्राप्त भएको र अन्यले पनि सहयोगकोलागि वचन दिएको बताउनुभयो। उहाँले दैनिक २० देखि २२ जना स्वयम्सेवकल सेवामा जुटेको बताउनुभयो । तिमिल्सीनाका अनुसार सोमबार मात्रै पौखरीले पोखरा महानगरका करीब ११ सय जनालाई घरमै खाना पुर्याएको छ ।
पोखरा महानगरपालिका वडा नं ७ मासवारमा रहेको शान्तिनगर बैङ्क्युटबाट अहिले यो अभियान सञ्चालित छ । यसका सञ्चालक प्रजापति अधिकारी समेत यस अभियानमा हुनुहुन्छ । पौरखीले सहयोगीमनबाट स्वत स्फूर्त जिन्सि सहयोग जुटेको तर कसैसँग नगद नलिएको बताउनुभयो । उहाँले सोमबारनै शैलेन्द्र रावतबाट तीन कार्टुन तेल सहयोग भएको जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशमै उत्कृष्ट
नाम चम्काउँदै नवीन
गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा
वैशाख ७, २०७८