पोखरा, ८ वैशाख । पोखरा महानगरपालिमा अनलाइन मार्फत् न्यायिक उजुरी दिन सकिने भएको छ । न्यायिक समिति समक्ष अनलाइन मार्फत उजुरी दर्ता गराउन सकिने व्यवस्था गरिएको हो । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले न्यायिक समितिले अनलाइन मार्फत् पीडितले उजुरी गर्नसक्ने व्यवस्था गरेको पोखरा महानगरपालिकाका उपप्रखु एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताइन् । न्यायिक समिति समक्ष [email protected] मार्फत उजुरी दर्ता गर्न सकिन्छ उपप्रमुख गुरुङले भनिन् ।
कोनोना रोकनाथ तथा नियन्त्रण मुल समितिको बैठकले अनलाइन मार्फत उजुरी लिने निर्णय गरेको थियो भने महानगर न्यायिक समितिको सोमबार बसेको बैठकले न्यायिक समिति समक्ष अनलाइन मार्फत दर्ता उजुरीको सम्बोधन गर्ने निर्णय गरेको हो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था सिर्जना भएकाले न्यायमा सहज पहुँच बनाउन समितिले अनलाइन मार्फत् उजुरी दर्ता गर्ने व्यवस्था मिलाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमै न्यायिक समितिको व्यवस्था गरिएको छ । संविधानको व्यवस्था अनुसार महानगरका उपप्रमुख संयोजक र दुई जना सदस्य रहने व्यवस्था गरेको छ । न्यायिक समितिलाई १३ वटा विवादको निरुपण र ११ वटाको मेलमिलाप गराउने पाउने व्यवस्था छ ।
Related News
सम्बन्धित समाचार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
जनजागृति आमा समूहमा शान्ति
सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला
अन्नपूर्णमा महिलाका लागि कानुनी सचेतना
सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०