एनएमबि बैंकद्वारा पोखरा महानगरपालिकालाई खाद्यान्न हस्तान्तरण

एजेन्सी
वैशाख ८, २०७७
Photograph_ NMB Bank contributes foodgrains Pokhara

पोखरा । एनएमबि बैंकले गण्डकी प्रदेश सरकारलाई खाद्यान्न सहयोग गरको छ ।

एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलिले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७५० किलो चामल र २५० किलो दाल पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान बहादुर जिसीलाई नगर प्रमुखको कार्यालयमा हस्तान्तरण गरेका हुन ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय, व्यक्तिलाई सहयोग पुयाउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width