आज छन्ददिवस मनाइँदै

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७७
ggggggggggggggggggggggggggggggggggggg

पोखरा, ८ वैशाख । विश्व कोरोना भाइरसबाट आक्रान्त भइरहेका वेला क्वारेन्टाइनमा रहेरै भएपनि आज छन्द दिवस मनाइँदै छ ।पोखरेली स्रष्टा महाकाव्यकार माधव वियोगीद्वारा राष्ट्रव्यापी आन्दोलनका रूपमा सन्चालित “छन्द बचाऊँ अभियान (२०५३“ आरम्भ भएको दिन वैशाख ८ गतेलाई नेपाल सरकार,पन्चाङ्ग निर्णायक समितिले २०६७ सालमा छन्द दिवसको मान्यता दिएको थियो ।त्यसपछि छन्ददिवस मनाउने क्रम व्यापक बनेको हो । त्यस अघि वियोगीले आफ्नै प्रयत्नमा छन्ददिवस मनाउँदै आएका थिए ।

“छन्द बचाऊँ अभियान (२०५३“ का सन्चालक एवं महाकाव्यकार माधव वियोगीले प्रेस विज्ञप्तिमार्फत काव्यसंस्कृतिको रक्षा गर्न, छन्दलाई एकादेशको कथा हुन नदिन, गद्यलाई कविता मान्ने परम्पराको अन्त्य गर्न र शिष्ट एवं नैतिक तबरले कविता सिर्जना गर्नका निम्ति सबैलाई सचेत पार्न आफूले अभियान संचालन गरेको जनाएका छन्। अभियान अन्तर्गत रही आफूले ८ हजारभन्दा बढी जनालाई छन्द प्रशिक्षण दिएको तथा आफ्नो निवासलाई छन्द प्रशिक्षण केन्द्र बनाएको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आफ्नो एकल प्रयासबाट शुरू भएको आन्दोलन देशका कुनाकाप्चासम्म र अन्तर्राष्ट्रियतहसम्म पुगेकोमा आफू अझै उत्साहित भएको जनाउदै उनले काव्यसंकृतिको रक्षार्थ सचेत रहन सबैमा अपील गरेका छन् । कतिपय छन्दकै स्रष्टाहरूले आन्दोलनलाई कमजोर पार्न आफूले त्यसैको प्रेरणाबाट गरेका छान्दिक गतिविधिलाई नै बढाई चढाई गर्न थालेको प्रति आफ्नो ध्यानाकर्षण भएको र निकट भविष्यमा छन्द बचाऊँ अभियान (२०५३“ का हालसम्मका गतिविधि प्रकाशित गर्ने पनि उनले जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् (“ हाल विश्वमा कोरोना भाइरस फैलिएको छ । यसबाट लाखौं आक्रान्त भएका छन् भने लाखौको संङ्ख्यामा मानिसको देहान्त भएको छ । नेपाल पनि यसबाट अछुतो छैन । यस सन्दर्भमा सचेत रही सरकारी कार्यक्रमलाई साथ दिन म हार्दिक आग्रह गर्दछु ।“उनले सबैमा क्वारेन्टाइनमै रहेर भए पनि यो दुखद घडीमा सिर्जनात्मक कार्य गरी छन्ददिवस मनाउन अपील गर्दै छन्दमय जीवनका लागि शुभकामना पनि दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width