Worldlink ads

अस्पताल स्थापना भएको ६० वर्षपछि आइसियु सेवा

रासस
वैशाख ८, २०७७
Dhaulagiri ICU2

फाेटाेः शालिक राम शर्माकाे फेसबुक पेजबाट

गलकोट, ७ वैशाख । धवलागिरि अञ्चल अस्पताल बागलुङमा पहिलो पटक सघन उपचार कक्ष निर्माण गरिएको छ । तीन शय्या क्षमताको आइसियुले एक हप्ताभित्रै सेवा दिन थाल्नेछ ।

साविक धवलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका जनतालाई लक्ष्य गरी अस्पताल बागलुङमा आइसियु सेवा दिइनेछ । धौलागिरिमा आइसियु सेवासहितको सुविधासम्पन्न अस्पताल नहुँदा धौलागिरिवासी आइसियु सेवाकै लागि पोखरालगायत शहरमा जाँदै आएका थिए।

फाेटाेः शालिक राम शर्माकाे फेसबुक पेजबाट

अस्पताल स्थापना भएको ६० वर्षपछि आइसियु सेवा शुभारम्भ हुन थालेको छ । संघीय सरकारको रु एक करोड र गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा अस्पतालमा आइसियु निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । “हाम्रो व्यवस्थापन समिति आएपछि अनवरत रुपमा आइसियुका लागि पहल गरिरहेका थियौँ ”, मगरले भन्नुभयो, “६० वर्षको इतिहास बोकेको अस्पतालले हालै आएर आइसियु सेवा दिने भएको छ ।” अस्पतालमा अहिले धमाधम आइसियुका उपकरण जडान भइरहेको छ । आइसियु सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति नभएको भन्दै अस्पतालले तीन स्वास्थ्यकर्मीलाई तालीमका लागि पोखरासमेत पठाएको छ भने आइसियुका लागि दरबन्दीसमेत प्रदेश कार्यालयसँग मागेको छ ।

निरन्तरको प्रयासपछि अञ्चल अस्पतालमा आइसियुका लागि बजेट विनियोजन गरेर सेवा प्रदान गर्न थालिएको संघीय सांसद डा सूर्य पाठकले बताउनुभयो । आइसियु निर्माणका लागि आवश्यक सामग्री बोलपत्रमार्फत खरीद गरिएको थियो । सामग्री उपलब्ध गराउन तयार भएका कम्पनीले बिहीबार नै सबै सामग्री उपलब्ध गराएकाले जडानको कामसमेत अन्तिम चरणमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको समेत उपचार गराउँदै आइरहेको अस्पतालमा हालै संघीय सरकारले दुई र प्रदेश सरकारले एक भेन्टिलेटरसमेत उपलब्ध गराइसकेका छन् । अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचार भइरहँदा एउटा भेन्टिलेटरसमेत उपलब्ध थिएन।

Related News

सम्बन्धित समाचार

    • मगर संघ, सिंगा इकाइ अध्यक्षमा कृष्ण

      आदर्श समाज सम्वाददाता असाेज १, २०७८
      म्याग्दी । नेपाल मगर संघ बेनी नगरपालिका ४, सिंगा वडा इकाइ अध्यक्षमा कृष्णबहादुर घर्तीमगर चयन भएका छन् । तातोपानीमा भएको…
    • दशैं तिहारका लागि अग्रिम टिकट खुलाइने

      रासस असाेज १, २०७८
      काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको…
    • भारतबाट भित्र्याइएको पटाका बरामद

      रासस असाेज १, २०७८
      रौतहट । सशस्त्र प्रहरीले रौतहटको मौलापुर नगरपालिका–६ पथराबुद्धरामबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याइएको…
    • १,५५८ सङ्क्रमित थपिए, १,३५१ सङ्क्रमण मुक्त

      रासस असाेज १, २०७८
      काठमाडौं । विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक…
    • पोखराको बजेट खर्च ६६ प्रतिशत

      रासस असाेज १, २०७८
      गण्डकी । पोखरा महानगरपालिकाले गत आर्थिक वर्षमा ६६ प्रतिशत बजेट खर्च गरेको छ । कोरोना महामारीका कारण विकासका काम ठप्प…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads