अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द   

एजेन्सी
वैशाख ७, २०७७
donald-trump-justin-trudeau

File – President Donald Trump talks with Canadian Prime Minister Justin Trudeau during a G7 Summit welcome ceremony, Friday, June 8, 2018, in Charlevoix, Canada. (AP Photo/Evan Vucci)

टोरोन्टो, ७ वैशाख । अमेरिका र क्यानाडाको सिमाना थप एक महिनालाई बन्द गर्न दुवै देश सहमत भएका छन् ।

क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले थप ३० दिन दुई देशको सिमाना बन्द गर्न दुवै देश सहमत भएको जानकारी दिनु भएको छ ।

उहाँले सिमानाका बन्द गरिए पनि अत्यावश्यक सेवाका लागि कुनै अवरोध नहुने शनिबार स्पष्ट पार्नु भएको छ ।

सिमाना बन्द गर्ने अवधि कति समयसम्म लम्बिन्छ भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था रहेको पनि उहाँले बताउनु भयो ।

“यस अगाडि भएको सम्झौतालाई अहिले थप ३० दिनका लागि लम्ब्याइएको छ, तर अत्यावश्यक सेवाको कामका लागि भने कुनै अवरोध हुने छैन,” उहाँले भन्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत बुधबार कोरोनाभाइरसको महामारीका विरुद्धमा अमेरिका र क्यानाडाले मिलेर काम गर्ने बताउनु भएको थियो ।

सिमाना बन्द गर्नेसम्बन्धी अमेरिका र क्यानाडाको सम्झौताको म्याद आगामी हप्ता सकिन लागेकाले फेरि म्याद थपिएको हो । अमेरिका र क्यानाडाका सिमानाबाट दैनिक दुई लाख मानिस आवतजावत गर्ने गर्दछन् ।

कोरोनाभाइरसको प्रभाव सबैभन्दा धेरै महाशक्ति राष्ट्र अमेरिकामै देखिएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा आइतबारसम्म सात लाख ४२ हजार बढी जना संक्रमित भएका छन् भने ३९ हजार भन्दा बढीकाे मृत्यु भएको छ ।

त्यसैगरी क्यानाडामा कोरोनाभाइरसबाट ३३ हजार भन्दा बढी संक्रमित हुँदा पन्ध्र सय बढीकाे मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width