लिभरपुल बाँकी खेलको पर्खाइमा, अब, २ खेल जिते मात्रै पनि लिभरपुल लिग च्याम्पियन

एजेन्सी
वैशाख ७, २०७७
English Primiere Club, Liverpool

प्रिमियर लिग उपाधिको निकै नजिक रहेको इङ्लिस क्लब लिभरपुल यतिबेला बाँकी खेलको पर्खाइमा छ ।

यस सिजनमा फरक अंकले शीर्ष स्थानमा रहेको लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधि नजिक छ । यस सिजनमा सम्हालिएर खेलेको लिभरपुलले सबै क्लबलाई निकै पछि पार्न सफल बनेको छ ।

लिगको उपाधि होडमा रहेको दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई लिभरपुलले २५ अंकले पछि पारेको छ । लिभरपुलले अब बाँकी २ खेल जिते यस सिजनको प्रिमियर लिग उपाधि जित्नेछ ।

गत सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलले यस सिजनमा प्रिमियर लिग उपाधि जित्ने लक्ष्य राखेको थियो । यस सिजनको च्याम्पियन्स लिगबाट समेत बाहिरिसकेको लिभरपुल प्रिमियर लिग उपाधि उचाल्न आतुर रहेको छ ।

सन् २०१४ मा म्यानचेस्टर सिटीसँग उपाधि दौडमा पछि परेको लिभरपुलले गएको सिजन पनि एक अंक भिन्नताले मात्रै म्यानसिटीलाई उपाधि सुम्पेको थियो ।

प्रिमियर लिग क्लबहरुले बाँकी रहेको खेल सकाउन सहमति समेत गरिसकेका छन् । तर, ती खेलहरु कहिलेबाट सुरु हुने भन्नेबारे हालसम्म टुंगो लाग्न सकेको छैन ।

तर, कोरोना भाइरसका कारण सबै खेलहरु स्थगित भएपछि क्लबहरु तनावमा रहेका छन् । खेलाडीहरुको तलब लगायत अन्य आर्थिक भारमा क्लबहरु रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width