मह काढ्ने क्रममा भीरबाट खसेर रानाको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
GT_hawkey_CIPAC_20120313_041

पोखरा, ७ वैशाख । बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ कौलेनीको जङ्गलमा मौरीको मह काढ्ने क्रममा भीरबाट लडेर आइतबार विहान एक युवकको मृत्यु भएको छ ।

गलकोट नगरपालिका–५ हिस्लाङ निवासी ३३ वर्षीय पुरन रानाको भीरबाट खसेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनी शनिवार साँझ खाना खाएर साथीहरुसँग मह काढ्ने जान्छु भनी घरवाट निस्केको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले अप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width