नेपालका फुटबलर रोहित चन्द एएफसीको ‘ब्रेक द चेन’ अभियानमा जुटे

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
Rohit Chand, Break The Chain

पोखरा । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द एसियाली फुटबल महासंघ (एएफसी) को ब्रेक द चेन अभियानमा सहभागी भएका छन् ।

एएफसीले कोरोना भाइरस संक्रमणका लागि जनचेतना बढाउनका लागि एसियाली फुटबलरलाई ब्रेक द चेन अभियानमा सहभागी हुन आग्रह गरेको थियो । जसमा एसियाली फुटबलका आइकनहरुले सहभागी जनाएका छन् ।

एएफसीले विश्व स्वास्थ्य संगठनले दिएको निर्देशिका प्रचार गर्नका लागि अभियान चलाएको हो । जहाँ अहिलेसम्म ५० भन्दा बढी खेलाडी र अफिसियलले भाग लिएका छन् ।

इन्डोनेसियाली क्लब पेर्सिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहितले जार्काताबाट भिडियो सन्देश दिएका छन् ।

‘अहिले विश्वका सबै व्यक्तिका लागि चुनौतपूर्ण समय हो । ब्रेक द चेनका लागि सबैले सँगै काम गरौ र (कोभिड–१९) को संक्रमण रोकौं । यो महामारी रोक्न सबैले महत्वपूर्ण भूमिका खेल्छन् । सबैले आफ्नो हात निरन्तर धोऔं र सामाजिक दूरी कायम गरौं,’ अभियानमार्फत रोहितले सन्देश दिएका छन् ।

‘यदि तपाईंको देशले घरमा बस्नु भनेको छ भने घरमै बस्नु होला । सबैलाई आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गर्दछु । हाम्रो परिवार र प्रियजनलाई स्वास्थ राख्न काम गरौं । यो अहिले तत्काल नै सुरु गरौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width