अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले संकटप्रर्ण अवस्थामा सबै व्यावसायिक क्रिकेट खेलाडीहरुलाई म्याच फिक्सरहरुसँग सावधान रहन आग्रह गरेको छ ।
आइसीसीका भष्ट्राचार निरोधि समितिका प्रमुख एलेक्स मार्शलले यस्तो बताएका हुन् । एलेक्सले भने, ‘कोभिड–१९ का कारण विश्वभरिका अन्तराष्ट्रिय, घरेलु तथा सबै प्रतियोगिताहरु रद्द भएका छन् । तर, भ्रष्टाचारीहरु अहिले पनी सक्रिय छन् । अहिले हाम्रो काम भनेको संपूर्ण खेलाडी, एशोसियन र एजेन्टहरुलाई आग्रह गर्नु हो । अहिले हामी सबैसँग निरन्तर सम्पर्कमा छौं ।’
एलेक्सले कोरोनाभाइरसको कारण संसारभरका क्रिकेट प्रतियोगिता रोकिएको यो बेला फिक्सरहरू सक्रिय भइरहेको दाबी गरेका छन् । उनले फिक्सरहरूले क्रिकेटरसँग सोसल मिडियामार्फत सम्बन्ध बनाउन कोशिस गरिरहेको पनि बताए ।
इङ्ल्यान्डका पूर्व प्रहरी प्रमुख एलेक्सले भने, ‘लकडाउनका कारण अहिलेको समयमा धरैजसो खेलाडीहरु समाजिक सञ्जालमा सक्रिय छन् । यो समयमा भष्ट्राचारीहरु खेलाडीहरुसँग सम्पर्क गरी सम्बन्ध बनाउन उद्दत छन् । किनकी खेलहरु सुरु हुनसाथ तिनिहरुलाई भष्ट्राचारको सम्बन्ध बनाउन सजिलो होस् । तर, हामीले यि सबै कुरामा कडा निगरानी गरिरहेका छौं । हामीले निरन्तर रुपमा एशोसियन र खेलाडीहरुसँग सम्पर्क गरेर साबधानी अपनाउन आग्रह गरेका छौं ।’
विश्वव्यापी रुपमा महामारी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरसको कारण क्रिकेट सहित खेलजगतका सबै प्रतियोगिता र गतिविधिहरु स्थगित छन् । कोरोना भाइरसका कारण मार्च १५ यता आइसीसीले मान्यता दिएको कुनैपनि क्रिकेट प्रतियोगिता संसारभर भएका छैनन् । मार्च १५ मा पाकिस्तान सुपर लिगको खेल भएको थियो ।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१