संयोजकले क्वारेन्टाइनमा बस्नेलाई धकेलेर खेदे

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
ggggg 8

राजेन्द्र न्यौपाने –गोरखा, ७ वैशाख । जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्वर ७ को सामुहिक क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई वडाध्यक्षले गाऊपालिकाको समय नपुग्दै धकेलेर खेदिएको छ ।

स्थानीय एक ब्यक्तिसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशीनाथ अंगाईले ७ जनालाई घर पठाइदिएका हुन् । आफूहरु घर जान्नौं यहिँ बस्छौं भन्दाभन्दै ठेलमठेल गरेर धकेलेर बाहिर निकाले, सुरक्षाको कारण पनि यहाँ बस्न हुँदैन भनेर हामी घर आएर यहाँ पनि अलग्गै बसेका छौं, खेदिएका एक सदस्यले भने । शहिद स्मृतिको क्वारेन्टाइनमा अध्यक्षका कारण सुरक्षा नहुने रहेछ, आज हामी चेकजाँचका लागि नामजुङ जान लागेको उनले थप जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन विश्वले लकडाउन, होम क्वारेन्टाइन, सामाजिक दुरी लगायतका विभिन्न उपायहरु अपनाईरहेको छ । विशेष गरेर विदेश तथा देश भित्रकै कुनै एक ठाउँबाट अर्को ठाउँमा आएका नागरिकहरुलाई कम्तिमा पनि १४ देखि २१ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ । यसलाई कोरोना रोग सर्नबाट जोगिन उत्तम उपायका रुपमा लिइन्छ ।

जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित बुंकोटमा रहेको शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा बसेका नागरिकलाई अवधि नपुग्दै तीन दिनको दिन क्वारेन्टाइनमा बस्नेहरुलाई कम्तिमा पनि १४ दिन राख्नुपर्नेमा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ७ का अध्यक्ष शरण श्रेष्ठले ३ दिन नपुग्दै शनिबार क्वारेन्टाइनमा बस्ने ७ जनालाई जबरजस्ती धकेलेर घर पठाएका हुन । शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा ३ दिन अघि चितवन र काठमाण्डौबाट आएका १ बच्चा सहित ५ जना नागरिकहरुलाई राखिएको थियो । उनीहरु सबैलाई क्वारेन्टाइनमा बस्ने अवधि नपुग्दै आजै शहिद लखन गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष शरण श्रेष्ठले घर पठाईदिएको उक्त क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य एवं शहिद स्मृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालको भनाई छ ।

अध्यक्ष श्रेष्ठका भाइखलक उत्तरकुमार श्रेष्ठले आफू गाडीमा हिडेको बारेमा सामाजिक सञ्जालमा लेखेपछि त्यसको साटो फेर्न क्वारेन्टाइनका मानिसहरु छोडिदिएको उनले आफ्नो पार्टी नेपाली काँग्रेस निकटका व्यक्तिहरुसँग बताएका छन् । क्वारेन्टाइनमा राखेका नागरिकहरुलाई धपाउने कार्यक्रममा सोही गाउँपालिका वडा नं. ८ का अध्यक्ष काशीनाथ अंगाई समेत संलग्न छन् । आफूले क्वारेन्टाइनमा बसेकालाई लखेटुदा नजिकै रहेकी गाउँपालिका अध्यक्षले केही नभनेको भन्दै वडा अध्यक्ष श्रेष्ठले आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गर्दै आएका छन् । वडा अध्यक्ष श्रेष्ठले धेरै ठाउँ हिँडिरहेकोले उनलाई समेत क्वारेन्टाइनमा राख्न स्थानीयहरुले माग गरेका छन् ।

पालिका बाहिरबाट आएका नागरिकहरुलाई १४ अनिवार्य क्वारेन्टाईनमा राखेर मात्र घरमा जान शहिद लखन गाउँपालिकाले निर्णय गरेको थियो र सोहि अनुरुप पछिल्लो समय गाउँ आएका जो कोहिलाई पनि गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनहरुमा राख्ने व्यवस्था थियो । यसबारेमा गोरखाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विदेशबाट आएकाहरुको हकमा आफूले निर्णय लिने र देश भित्रबाट पालिका प्रवेश गरेकाहरुकाको हकमा सम्पन्धि पालिकाको नियम अनुसार हुने बताए । रोग लाग्न नदिन गाउँपालिकाले बनाएको नियम सबैले पालना गर्नुपर्ने उनको भनाई छ ।

Related News

सम्बन्धित समाचार

hero news full width