कास्की कारागारका कैदी नेपालीको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
Kaski-jail

पोखरा, ७ वैशाख । कास्की कारागारमा कैद सजाय भुक्तानी गरिरहेका ४५ वर्षीय सुनिल नेपालीको शनिबार राति १०.३० वजे मृत्यु भएको छ । राति खाना खाएर टिभी हेर्दै गरेका पोखरा– १८ सराङकोट घर भएका नेपाली एक्कासी वेहोस भएपछि कारागार प्रशासनले उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको भएपनि चिकित्सकले जाँच गर्ने क्रममा नै मृत्यु घोषणा गरेका थिए ।

नेपालीको मृत्यु हृदयघाटबाट मृत्यु भएको अनुमान कारागार प्रशासनको छ । पोष्टमार्टम रिर्पोट भने आइसकेको छैन, कास्की कारागार प्रमुख गणेश गौतमले भने– विहान सधैजसो जीमहल जाने नेपालीलाई यसअघि कुनै स्वास्थ्य समस्या भएर उपचालकै लागि अस्पताल लानु परेको थिएन । बलात्कार मुद्दामा अदालतले ७ वर्ष कैद सजाय सुनाएपछि नेपाली २०७४ भदौ १५ गतेदेखि कास्की कारागारमा बसेर कैद सजाय भुक्तानी गरिरहेका थिए । नेपालीको शव परिवारलाई जिम्मा लगाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width