एक महिनाको राहत प्याकेज ल्याउ कास्की काँग्रेस

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
Nepali-Congress-Party-Office

पोखरा, ७ वैशाख । नेपाली काँग्रेस कास्कीले कम्तिमा पनि एक महिनालाई पुग्ने गरी राहत प्याकेज ल्याउन माग गरेको छ ।सरकारले वितरण गरेको राहत अन्त्यन्तै थोरै छ, १५ दिन लकडाउन गर्दा पाँच दिनलाई पनि नपुग्ने गरी राहत वितरण गरिएको छ, विज्ञप्तिमा भनिएको छ, त्यसलाई तत्काल सुधार गरी कम्तिमा एक महिनाको राहज प्याकेज ल्याउन माग गर्दछौं।’

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राजनीतिक दल, सामाजिक संघ संस्थाको सहभागितामा राहत वितरण गर्न भनिएको छ । सामाजिक संघ संस्थासहित सर्वदलिय सयन्त्रमार्फत् राहत वितरण गरौं, विज्ञप्तिमा भनिएको छ, न्युन रहेको राहतलाई बढाउन आवश्यक छ। विज्ञप्तिमा भनिएको छ ।

तथ्यांक संकलन गरी राहत व्यवस्थित र पारदर्शी गनुपर्ने देखिएको भन्दै विज्ञप्तिमा वडामा खाना खुवाउने व्यवस्था पनि अव्यवहारिक भएको जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय संकटमा रहेका बेला भूमि समस्या समाधान आयोगमा कार्यकर्ता नियुक्त गरेकोप्रति आपत्ति जनाएको छ ।सरकारको सम्पूर्ण शक्ति र स्रोत नै कोरोना विरुद्व लगाउनुपर्ने समयमा आफ्ना कार्यकर्तालाई सुविधा दिन यस्तो नियुक्त गरिएको भन्दै आचोलना गरिएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग