समाजसेवी शर्माद्वारा स्वास्थ्य सामग्री प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७७
FB_IMG_15872589397590336 (1)

वालिङ, ७ वैशाख । वालिङ ८ काफलडाँडा घरभई हाल काठमाडौंमा बस्दै आएका डोलराज शर्माले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेका छन् ।

विश्वभर फैलिएको कोभिड १९ को जोखिम न्यूनीकरणका लागि खटिएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजसेवी शर्माले बताए । समाजसेवी शर्माले स्थानीय समाजसेवी केशभक्त गुरुङमार्फत वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

शर्माले ह्विल चियर ११ थान, सोडियम हाईपोक्लोराईड ५ लिटरको ६ जार, पिपिई सेट १० थान, नेबुलाईजर १० थान, स्प्रे टयाङ्कर ३ थान, सर्जिकल मास्क १० हजार थान, पञ्जा २ हजार थान, थर्मोमिटर गन ६ थान नगरपालिकालाई उपलब्ध गराएका हुन् । स्वास्थ्य सामग्री ग्रहण गर्दै वालिङ नगर प्रमुख दीलिपप्रताप खाँणले समाजसेवी शर्माले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर कोभिड १९ का विरुद्धमा अझ सशक्त भएर अगाडि बढ्न उर्जा मिलेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width