विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजार

एजेन्सी
वैशाख ७, २०७७
corona patients

काठमाण्डौं, ७ वैशाख । संसारभर फैलिएको कोरोना भारसबाट आइतबार विहानसम्म १ लाख ६० हजार भन्दा वढीले ज्यान गुमाएका छन् । यो भइरसबाट सबैभन्दा वढी अमेरिकामा ३९ हजारको ज्यान गएको छ ।

वर्ल्डओमिटरको तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ। यस्तै ७ लाख ३८ हजार ८ सय ३० जना संक्रमित भएका छन् । त्यस्तै इटलीमा अहिलेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणबाट २३ हजार २ सय २७ जनाको ज्यान गएको हो। यस्तै अहिलेसम्म १ लाख ७५ हजार ९ सय २५ मानिस संक्रमित भएका छन्।
स्पेनमा कोरोना संक्रमणले अहिलेसम्म त्यहाँ २० हजार ६ सय ३९ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ। संक्रमितको संख्या त्यहाँ १ लाख ९४ हजार ४ सय १६ पुगेको छ।कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु भएकाको संख्या १ लाख ६० हजार ७ सय ५७ पुगेको छ भने २३ लाख ३० हजार ९ सय ८७ जना संक्रमित भएका छन् । त्यसैगरी कोरोना संक्रमितमध्ये अहिलेसम्म उपचारपछि निको हुनेको संख्या ५ लाख ९६ हजार ६ सय ८७ पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width