नवलपरासीमा हात हतियार सहित पक्राउ परेका ताराबहादुर विक पुर्पक्षका लागि चितवन कारागार चलान भएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. २ चपाहा स्थित ताराबहादुर विकलाई जिल्ला अदालत नवलपुरको आदेशमा पुर्पक्षको लागि चितवन कारागार चलाउन गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
प्रहरीले उनको घरमै रहेको आरनबाट भरुवा बन्दुक १ थान, एआर गन १ थान, अमेरिकन अटो पेसोल (9MM sroun no100) लेखिएको पेस्तोल १ थान, अमेरिकन अटो पेस्तोलको गोली ५ राउण्ड, एसएलआर राइफलको गोली २ राउण्ड, ३०३ राइफलको गोली १ राउण्ड, एम १६ राइफलको गोली १ राउण्ड, अन्य हतियारमा प्रयोग हुने गोली २ राउण्ड, पुरानो कटुवा पेस्तोलको पार्टपूर्जाहरु, भरुवा बन्दुकमा लाग्ने फलामको नाल २ थान, घोडाचाप समेतका पार्टपूर्जाहरु बरामद गरेको थियो ।
उनलाई प्रहरीले हातहतियार खरखजना मुद्दा दर्ता गरी आवश्यक अनुसनधान थालेको थियो ।
Related News
सम्बन्धित समाचार
पेस्तोलसहित युवक पक्राउ
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
अफगानिस्तानको मस्जिदमा एकै परिवारका ८ जनाको हत्या
नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
hero news full width
मुख्य समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
वैशाख ७, २०७८पत्रकार महासंघ कास्कीको पदस्थापन
वैशाख ७, २०७८‘घर जलेर खरानी भो’
वैशाख ७, २०७८कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
वैशाख ७, २०७८माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८