नमस्ते सामुदयिक प्रतिष्ठानको तर्फबाट रू २,००,००० सहयोग

आदर्श समाज संवाददाता
वैशाख ६, २०७७
sahayog

हाल अन्तराष्ट्रिय स्तरमा देखा परेको कोरोना भाइरसले आक्रन्त पारेको अवस्थामा नेपाल सरकारले आह्वान गरेको चैत्र ११ गते देखि लकडाउन शुरु भएको कारण जरेवर, लेकसाइड क्षेत्रमा बसोबास गर्दै आएका श्रमजिवी विपन्न बर्गहरुलाई प्रत्यक्ष असर परेको हुदाँ उनिहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिका वडा नं–६ बाट सहयोगका लागी पत्रचार भएपछि सोही वडामा बसोबास गर्ने विपन्न बर्गहरुलाई राहत वितरणको लागी नमस्ते सामुदायिक प्रतिष्ठान संस्थाका अध्यक्ष श्री भिष्म राज पौडेलज्यूले रु २,००,०००/- पोखरा महानगरपालिका वडा नं –६ का जनप्रतिनिधिरुको उपस्थितिमा वडाध्यक्ष श्री जगत बहादुर पहारीज्यूलाई हस्तान्तरण गर्नुभयो ।

नमस्ते सामुदायिक प्रतिष्ठानले मिति २०६०।०२।२७ गते देखी पोखरा–६ स्थित कार्यलय मार्फत बालगृह, छात्रवृत्रि कार्यक्रम, महिला सशक्तिकरण, विद्यालय विकाश, लगाएत अन्य विविध कार्यक्रम मार्फत समाज विकाशका कार्यहरु गर्दै आइरहेको छ ।

यस संस्थाले विगतका विविध राष्ट्रिय विपत्तिहरु (बाढी पिडित, भुकम्प, आदी) मा पनि सहयोग गर्दै आईरहेकोमा हालको परिस्थितिमा पनि आफ्नो उत्तरदायित्व सम्झेर केही रकम सहयोग गरिएको जानकारी गराएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width