बागलुङकी बृद्धाले जितिन् कोरोना, आइतबार डिस्चार्ज हुँदै

प्रकाश ढकाल
वैशाख ६, २०७७
m33GHpHjOpn7ePRex0Ya

पोखरा । बागलुङकी ६५ बर्षिया बृद्धाले कोरोना जितेकी छिन् । कोरोना संक्रमण पुष्टी भएपछि गएको चैत १९ गतेदेखि बागलुङकै धवलागिरी अञ्चल अस्पतालमा भर्ना हुनुभएकी बृद्धा १७ दिनपछि पूर्ण रुपमा निको भएकी हुन् ।

  • शनिबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्यावमा गरिएको परीक्षणमा उनको दोश्रो पटक रिपोर्ट नेगेटिभ आयाे

शनिबार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्यावमा गरिएको परीक्षणमा उनको दोश्रो पटक रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

बृद्धाको विहिबारको परीक्षणमा पनि नेगेटिभ आएको थियो । शर्माका अनुसार बृद्धालाई आइतबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ ।

डिस्चार्ज भएपनि उनी १४ दिन घरभित्रै क्वारेन्टाइनमा बस्नुपर्ने छ । उनी गएको चैत ४ गते कतार एयरवेज मार्फत बेल्जियमबाट नेपाल आएकी हुन । उनीसँगै आएकी अर्की १९ बर्षिया युवतिको चौथौं रिपोर्ट पनि पोजिटिभ देखिएपछि उपचाररत छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width