अमेरिकाका विभिन्न राज्यमा लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन

Avatar एजेन्सी
वैशाख ६, २०७७

अमेरिकाका विभिन्न राज्यमा लकडाउन अन्त्य गर्न माग गर्दै प्रदर्शन भएको छ । मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा प्रदर्शनको भएको हाे।

कोरोना भाइरसको नियन्त्रणका लागि विभिन्न राज्यले घरमै बस्नुपर्ने सहित कडा नियम लागू गरेका छन् ।

प्रदर्शनकारीले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा समस्या भएको भन्दै त्यसलाई खुकुलो पार्न माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति  ट्रम्पले मिनेसोटा, मिसिगन तथा भर्जिनियामा लकडाउन खुकुलो पार्नुपर्ने बताए लगत्तै प्रदर्शनका घटना भएका हुन् ।

स्वास्थ्यकर्मीहरुले भने लकडाउन हटाए वा खुकुलो पारेमा थप संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) ले अमेरिका सबभन्दा बढी प्रभावित भएको देश हाे । अमेरिकामा हालसम्म ७ लाख बढी संक्रमित भइसकेका छन् भने ३७ हजार बढीले ज्यान गुमाइसकेका छन्।

हाम्रो सुझाव