उत्पादक र उपभोक्ता जोड्दै टोल विकास संस्था   

रासस
वैशाख ६, २०७७
HB_Pokhara2

वस्तु खरिद गर्दै उपभोक्ता लकडाउनका कारण अप्ठेरोमा परेका टोलबासीलाई सुपथ मूल्यमा बिक्री गर्न तयार पारिएको तरकारी । पोखरा ७ स्थित सञ्चालित घुम्ती बिक्री कक्षमा वस्तु खरिद गर्दै उपभोक्ता । तस्वीरः हरि बास्तोला, रासस

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण जनजीवन प्रभावित भइरहेका बेला यहाँका टोल विकास संस्थाले उत्पादक र उपभोक्तालाई जोड्न क्रियाशील भएका छन् ।

पोखरा–७ स्थित विभिन्न तीन वटा टोल विकास संस्थाले उत्पादक र उपभोक्तालाई जोड्न क्रियाशील भएका हुन् । लकडाउनको कारण देखाउँदै बजारमा अनावश्यकरूपमा चर्को मूल्य बढाइरहेको वर्तमान अवस्थामा उत्पादकले निर्धारण गरेकै मूल्यमा तरकारी बेच्दा टोल छिमेकका उपभोक्ता लाभान्वित भएका छन् । अहिलेको अवस्थामा सर्वसाधारण समस्यामा परिरहेको यथार्थलाई दृष्टिगत गर्दै हेमजामा उत्पादित आलु र गोलभेडा पोखराको तीनकुनेचोक, प्रगति र राधाकृष्ण टोल विकास संस्थाले आप्mना उपभोक्तालाई सर्वसुलभरूपमा बिक्री वितरण गर्दै आएका छन् ।

“लकडाउनका कारण बजारमा जथाभावी मूल्य लिँदा सर्वसाधारण मारमा परेका छन्”, तीनकुने टोल विकास संस्थाका अध्यक्ष गणेश श्रेष्ठले भन्नुभयो, “यो अवस्थासमेतलार्ई हेर्दै हेमजामा उत्पादित आलु र गोलभेडा कृषककै मूल्यमा टोल छिमेकमा घुुम्ती सेवामार्पmत बिक्री वितरण गर्दै आएका छाैँ ।” अप्ठ्यारो परेको बेला आप्mना लागि मात्र सोच गर्ने नभइ सिङ्गो समाजलाई सहयोग गर्नुपर्दछ भन्ने सोचका साथ अभियान शुरु गरिएको बताउँदै उहाँले अहिलेसम्म एक हजार ४०० केजी आलु र ४०० केजी गोलभेडा उपभोक्ताको भान्छामा पु¥याउन सफल भएको राससलाई जानकारी दिनुभयो ।

टोलका अन्य चोकहरुमा समेत घुम्तीरूपमा उपभोक्तालाई सुपथ मूल्यमा ताजा तरकारी उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै उहाँले प्रतिउपभोक्तालाई साढे दुई केजी आलु र सोही परिणाममा गोलभेडा बिक्री गर्दै आएको बताउनुभयो । प्रगति टोल विकास संस्थाका अध्यक्ष प्रकाश भुजेलका अनुसार हेमजामा उत्पादित ताजा आलु र गोलभेडा प्रतिकेजी रु ४० मा उपभोक्तालाई बिक्री गरिँदै आएको छ ।

बिहानै चोकमा ताजा तरकारी खरिद गर्न उपभोक्ताको भीड लाग्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “तरकारी खरिद र बिक्री वितरण गर्दा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सामाजिक दूरीलाई समेत विशेष ध्यान दिने गरिएको छ ।” बिक्री वितरणलाई व्यवस्थित गर्न टोलविकास संस्थाका पदाधिकारी एवं सदस्य तथा स्थानीय बासिन्दाको समेत सहयोग रहने गरेको अर्का राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष रुद्रनाथ अधिकारीको भनाइ छ ।

आलु गाउँको रूपमा परिचित हेमजाका कृषकले बारीमा उत्पादन गरेको आलु र गोलभेडा सङ्कलन गरी भ्यानमा राखेर पोखरा पठाउने गरेको बताउँदै स्थानीय दीपेन्द्र श्रेष्ठले भन्नुभयो, “हामीहरुको सानो प्रयासले कृषक र उपभोक्तालाई जोड्न पाउँदा खुशी लागेको छ ।” लकडाउनका कारण घरमै बस्नुपर्ने र बजार पनि बन्द भएसँगै आलु रु ६० र गोलभेडा रु १०० चर्को मूल्यमा खरिद गर्न बाध्य भएका थियौँ, अप्ठ्यारो परेको बेला टोल विकास संस्थाले सुपथ मूल्यमा तरकारी उपलब्ध गराउन पहल गरेको पोखरा–७ प्रगतिटोलकी सुनिता भुजेलले बताउनुभयो । आलु र गोलभेडा खरिद गर्न आउने अधिकांश उपभोक्ताले पोखरा र आसपासमा उत्पादित साग, मुला, काक्रो, सिमीलगायतका अन्य ताजा तरकारीसमेत बिक्री वितरण गर्न सामूहिक धारणा राखेका छन् ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width