बार्सिलोनाको नयाँ सिजनको जर्सी सार्वजनिक

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७७

पोखरा । फुटबल क्लब बार्सिलोनाको सिजन २०२०/२१ को नयाँ जर्सीको डिजाईन सार्वजनिक भएको छ । स्पेनिस खेल पत्रिका ‘स्पोर्टस्’ ले शुक्रबार जर्सी सार्बजनिक गरेको हो ।
जर्सीको मुख्य कलर बार्सिलोनाको ब्राण्ड कलर रुपमा रहेको रातो र निलो नै रहनेछ । यसमा क्याटलान झण्डाको ‘सेनियरा’ पनि प्रयोग गरिएको छ । जसमा बार्सिलोनाको सदावाहार रङ भन्दा केही फरक देखिएको छ ।


बार्सिलोनाको नयाँ जर्सीलाई समर्थकहरुले निकै रुचाएको पत्रिकाले जनाएको छ । जारी सिजनको जर्सी क्रोयशियाको राष्ट्रिय टोलिको जस्तो भएको भन्दै अलोचना भएको छ ।
यस सिजनको जर्सीलाई भने सिजन २०१४/१५ को जस्तै उत्कृष्ट मानिएको छ । उक्त सिजनमा सेनयरा कलर प्रयोग गरिएकोमा धेरैले मन पराएका थिए ।

हाम्रो सुझाव