Worldlink ads

सिजनको बाँकी प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न इङ्लिस क्लबहरु सहमत

एजेन्सी
वैशाख ६, २०७७
Primiere League

यस सिजनको इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता सक्न क्लबहरु सहमत भएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिगका बाँकी खेलहरु सक्न क्लवहरु सहमत भएका हुन् । भिडियो कन्फरेन्समार्फत बसेको क्लबहरुको बैठकले सिजनको बाँकी खेलहरु सक्न सहमति जनाएका हुन् ।

कोरोनाको संक्रमण फैलन सक्ने भन्दै लिग अप्रिल ३० तारिखसम्म स्थगित गरिएको छ । गत मार्च १३ पछि लिगका कुनैपनि खेल भएको छैन ।

स्थगित लिग सक्न सहमत भएपनि क्लबले लिग सूचारु गर्ने मिति भने तय गर्न नसकेको समाचार छ । यसअघि आगामी जुन ३० तारिखसम्म लिग सक्ने क्लबले योजना बनाएको थियो ।

यद्यपी, कोरोना भाइरस नियन्त्रणमा नआएसम्म लिग सुचारु नगर्ने सहमतिमा पुगेको बताइएको छ । प्रिमियर लिगको नयाँ सिजन अगष्टमा सुरु हुने गर्छ ।

Related News

सम्बन्धित समाचार

    • फुटसल खेलाउँदै पोखरा

      धनबहादुर गुरुङ असाेज ३, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा पोखरामा शनिबारदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ । उद्घाटन…
    • ए डिभिजन फुटसल लिग : उपाधि बाहिर पठाउन चाहन्न घरेलु टिम

      धनबहादुर गुरुङ असाेज १, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय फुटसल लिग उद्घाटन संघारमा छ…
    • नेपालकै पहिलो फुटसल लिग गर्न पोखरा तयार

      धनबहादुर गुरुङ भाद्र २९, २०७८
      पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै पहिलो पटक पोखरामा फुटसल लिग गर्दै छ । एन्फाअन्तर्गतको एन्फा फुटसल…
    • स्पोर्टस् क्यासललाई अंशुभराको साथ

      आदर्श समाज सम्वाददाता भाद्र २८, २०७८
      पोखरा । नेसनल फुटसल लिग खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले साथ दिने भएको छ । अटोमोबाइल, रियलस्टेट, हस्पिटालिटी,…
    • कास्की तेक्वान्दो संघको पदस्थापन

      आदर्श समाज सम्वाददाता भाद्र २१, २०७८
      पोखरा  । कास्की जिल्ला तेक्वान्दो संघको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । कास्की जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष एवं…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads