एकैदिन १४ जनामा कोरोना पुष्टि, स‌ंक्रमित संख्या ३० पुग्यो

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७७
Rapid-Corona-Test

शुक्रबार एकै दिन १४ जना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेसबुक पेजमार्फत संक्रमित संख्या पुष्टी गरेको हो ।

उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको हो । उनीहरुसँगै बसेका ४ नेपालीमा पनि कोरोना पुष्टी भएको छ। ति सबैजना पुरुष छन् ।

भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएपछि थप परिक्षणका लागी काठमाडौं पठाइएको थियो। काठमाडौंको प्रयोगशालाले पनि उनीहरुमा कोरोना पुष्टी गरेको छ । भारतीयहरु सप्तरीमा भएको मुश्लिम धार्मिक सभामा आएको र यतै लुकेको आशंका गरिएको छ ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । ‘बेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुगेकाे छ। पहिलो संक्रमित भने निको भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width