गण्डकीमा ३५ सयको आरडीटी

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७७
RDT

पोखरा, ५ वैशाख । गण्डकी प्रदेशमा शुक्रबार साँझसम्म ३ हजार ५ सय ६१ जनाको र्यापिड डायनोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । शुक्रबार मात्रै १ सय ३७ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा चैतयता विदेशबाट फर्किएका, क्वारेन्टाइन बसेका, संक्रमितको सम्पर्कमा आएकाहरुको आरडीटी परीक्षण हुँदै आएको छ ।
त्यसमध्ये प्रदेशको सबैभन्दा उच्च जोखिम मानिएको बागलुङमा १ हजार ४६ जनाको आरडीटी भएको छ । यस्तै, तनहुँमा ४ सय ८०, स्याङ्जामा ४ सय ५३, कास्कीमा ४ सय ४२, पर्वतमा ३ सय ३०, गोरखामा २ सय ६८, लमजुङमा १ सय ४९, नवलपुरमा २ सय ४१, म्याग्दीमा १ सय ३२, मनाङमा १२ र मुस्ताङमा ८ जनाको परीक्षण भएको छ ।

यसैगरी, विभिन्न जिल्लाबाट संकलित १३ जनाको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ ।शुक्रबार नै ६ सय ४० जनाले हेल्लो डाक्टर १०९२ बाट चिकित्सकीय परामर्श सहितको सेवा लिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width