आजको राशिफल

२०८० साल जेठ २५ गते बिहीबार

मेष

ऐतिहासिक कार्यको आरम्भ हुनेछ । विशिष्ट व्यक्तिसँग सहकार्य गर्न पाउँदा हर्षित भइनेछ । रोकिएका अपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । काम गरेर देखाउने समय रहेको छ । मित्र मिलन हुनेछ ।

बृष

छरछिमेकमा नयाँ चहलपहल छाउनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले पूर्णता पाउने छन् । मांगलिक कार्यको निम्तो पाइनेछ । सकारात्मक सोचको विकास हुनेछ । आर्थिक पक्ष बलियो रहला ।

मिथुन

कडा परिश्रमपछि मात्र लक्ष्यमा पुग्न सकिनेछ । नयाँ लगानीले तनाब मात्र थपिनेछ । सहयोगीहरूले साथ छाड्न सक्छन्, सजग रहनुहोला । सोचेअनुरुप कार्य बन्ने छैन । दैनिकीमा नै व्यस्त रहनुहोला ।

कर्कट

प्रेमीप्रेमिकाबीचको सम्बन्ध प्रगाढ रहनेछ । मनोरञ्जनात्मक समारोहमा सहभागी भइनेछ । पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । मान्यजनको सहयोग उचित रुपमा मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ ।

सिंह

शत्रु पक्ष कमजोर रहँदा कार्य गर्ने वातावरण बन्नेछ । आर्थिक पक्ष सबल रहनेछ । पुराना उठ्न बाँकी रकमलाई पहल गर्दा उठाउन सकिनेछ । व्यवसायमा नयाँ लगानी गर्दा पछिसम्म लाभ लिन पाइनेछ ।

कन्या

पढाइलेखाइमा मन जानेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ । सन्तानको सहयोगले महŒवपूर्ण कार्य बन्नेछ । मानसिक क्षमतामा वृद्धि विकास हुनेछ । रमाइलो यात्राको सम्भावना प्रबल देखिन्छ ।

तुला

श्रमको सही मूल्यांकन नमिल्दा कार्य गर्न मन लाग्ने छैन । नजिकका व्यक्तिसँग नै विवाद बढ्नेछ । गोपनीयता बाहिरिँदा समस्या सिर्जना हुन सक्छ, सजग रहनुहोला । स्वास्थ्य अवस्था कमजोर नै रहनेछ ।

वृश्चिक

अध्ययनमा रुचि बढ्नेछ । हर्षको खबर सुन्न पाइनेछ । कृषि एवं पशुपालनमा लाग्नेहरूका लागि लाभकारी समय रहेको छ । आफ्नै प्रयासले कार्य बन्दा हौसला बढ्नेछ । साथीसंगीसँगको रमाइलो पल बित्नेछ ।

धनु

खुसी बढ्नेछ । पूर्व तयारीका साथ कार्यमा लाग्दा विशेष सफलता मिल्नेछ । दिगो फाइदा हुने खाले कार्यको आरम्भ हुनेछ । विपक्षीहरू पनि मेलमिलापमा आउन बाध्य हुने छन् । साना कार्यमा भुल्ने समय छैन ।

मकर

थालेका कार्यबाट छोटो समयमा नै लाभ लिन सकिनेछ । लामो समय पछि मित्र मिलन हुनेछ । मानसम्मान मिल्नेछ भने सामाजिक कार्यबाट जस समेत पाइनेछ । बोलीको कदर हुनेछ । आकस्मिक लाभ मिल्नेछ ।

कुम्भ

हतारमा लिएको निर्णयले समस्यामा पार्नेछ । अनावश्यक चिन्ताले सताउनेछ । सोचेअनुरुप कार्य नबन्दा दिक्क लाग्नेछ । शारीरिक आलस्यताले गर्दा कार्य गर्न मन लाग्ने छैन । नयाँ कार्यको आरम्भ नगर्नुहोला ।

मीन

नाम, दाम मिल्ने समय रहेको छ । आयमूलक कार्यमा ध्यान जानेछ । व्यवसायमा नयाँ सम्झौता हुनेछ । मिहिनेतको उचित कदर हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । सही समयको उचित लाभ लिनुहोला ।

पञ्चाङ्ग

२०८० साल जेठ २५ गते बिहीबार, तदनुसार सन् २०२३ जुन ८ तारिख, पिंगलनाम संवत्सर, श्रीसूर्यउत्तरायण, ग्रीष्मऋतु । चान्द्रमानअनुसार आषाढ कृष्णपक्षको पञ्चमी तिथि बेलुका १०ः४९ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ । (भोलि ः भद्रा बेलुका ८ः२० बजेपछि, धनिष्ठा पञ्चक प्रारम्भ बिहान १०ः१० बजे)

नक्षत्र श्रवण बेलुका ११ः०० बजेसम्म, त्यसपछि धनिष्ठा रहनेछ ।
विष्कुंभादी योग ऐन्द्र बेलुका ११ः१० बजेसम्म, त्यसपछि वैधृती रहनेछ ।
आनन्दादी योग ध्वज ।
करण कौलव दिवा १२ः०३ बजेसम्म, त्यसपछि गर रहनेछ ।
श्रीसूर्य वृष राशिमा, चन्द्रमा ःमकर राशिमा अहोरात्र व्याप्त रहनेछ ।
सूर्योदय ५ः१० बजे, सूर्यास्त ः बेलुका ६ः५७ बजे हुनेछ ।