सम्पादकीय »

बन्द कलकारखाना किन खुल्दैनन् ?

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
१. देशको व्यापार घाटा प्रत्येक महिना बढ्दै गएको छ। व्यापार घाटा कहालीलाग्दो अवस्थामा पुग्दैछ । तैपनि सरकार आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने दिशातिर लागेको पाइँदैन। प्रधानमन्त्री के.पी. ओली दिनहूँ समृद्ध नेपाल बनाउने जप गर्दैछन्। तर उनले त्यो उद्देश्यमा पुग्ने काम गरेको देखिएको छैन। २. देशलाई समृद्ध बनाउन उत्पादन बढाउनु पर्दछ। उत्पादन बढाउनेतिर सरकारले ध्यानै दिएको छैन। सरकारले देशमा निजी क्षेत्रका लगानीकर्ताहरु तथा विदेशी लगानीकर्ताहरुलाई रातो दिन लगानीगर्न आह्वान गरेको गर्यै छ, तर आफूले लगानी गर्ने ठाउँमा लगानी नगरी त्यसै बसिरहेको छ। ३. सरकारी स्वामित्वका दुई दर्जनभन्दा बढी कलकारखानाहरु वषौर्देखि बन्दभएर रहेका छन्। ती कलकारखानाका कतिपय कामदार र कर्मचारीहरु हाजिरी…

उदाहरणीय विद्यालय

आदर्श समाज सम्वाददाता
माघ २३, २०७५
१. सामुदायिक विद्यालयको पढाईको स्तर खस्कँदै गएको अवस्था चिन्ताको विषय भएको छ। विद्यालयको पढाईको स्तर बढाउन धेरैले धेरै प्रयास गरेका छन्। त्यस्तो प्रयासबाट केही विद्यालयहरुको स्तर बढेको र त्यहाँ विद्यार्थी भर्ना गर्न अभिभावकहरु आकर्षित भएको पनि समाचारमा आउने गरेको छ। २. त्यसरी प्रयास गर्ने विद्यालयहरुमध्ये मोरङ जिल्लाको जहदा गाउँपालिका–१ स्थित जनताबालआधारभूत विद्यालयको नाम पनि अग्रपंक्तिमा आएको छ। जनताबालआधारभूत विद्यायलले विद्यालयको सुधारका लागि आफैले धेरै नियमहरु बनाएर कार्यान्वयन गदैर्छ। उनीहरुले बनाएको नियममध्ये एउटा महत्वपूर्ण नियम हो– शिक्षक र विद्यार्थीहरु समयमै विद्यालय पुग्नु। ३. त्यस विद्यालयमा शिक्षक र विद्यार्थीहरु निर्धारित समयमा विद्यालय नपुग्ने भएबाट पढाई राम्ररी सुचारु गर्न सकिएको थिएन। अहिले निर्धारित…

भारतको बल मिच्याइँ

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
१. भारतले नेपालको कञ्चनपुरको डोके बजार क्षेत्रमा एकातर्फी किसिमले फेरि नाली बन्न थालेपछि स्थानीय नेपालीहरु आक्रोशित भएकाछन्। केही दिन पहिले दुवै देशका स्थानीय अधिकारीहरु बैठक बसेर त्यस विषयमा सीमा बैठकमा छलफल गर्ने र केन्द्रीय निदेर्शन अनुसार गर्ने निर्णय गरी काम स्थगित गरिएको थियो। २. तर दुई हप्तापछि नै भारतीयहरुले फेरि त्यहाँ नाली खनेर तारबार राख्ने काम थालेको छ। जुन ठाउँमा भारतले तारबार लगाउन शुरु गरेको छ, त्यो ठाउँ अन्तराष्ट्रिय जैविकमार्गमा पर्दछ। भारतीयहरुले वन्यजन्तुको आवागमनलाई असर पार्ने गरी नाला खनिरहेको छ। जुन अन्तराष्ट्रिय नियम विपरीत हो। ३. त्यो क्षेत्र भारतको दुधुवा नेशनलपार्कको १७ किलोमिटर क्षेत्रफल जैविकमार्गमा पर्दछ। जंगली जनावरहरु नेपालको लालझाडी…

दुई राप्रपा एकीकृत

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
१. सबभन्दा बढी टुट्ने, फुट्ने र जुट्ने पार्टीका रूपमा नाम कमाएका राष्ट्रियप्रजातन्त्रपार्टीहरू फेरी एकीकृत भएकाछन्। तीनवटै पार्टी एकीकृत गर्ने प्रयास भइरहे पनि कमलथापाको राप्रपा सहमतिमा नआएपछि पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपा  (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको (राष्ट्रवादी) एकीकृत भई राप्रपा (संयुक्त) भएकाछन्। २. राप्रपा (संयुक्त) मा सहमति जनाएपछि उनीहरूले १० बुँदे आधारपत्रमा हस्ताक्षर गरेकाछन् । आधारपत्रमा एक महिनाभित्र दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान बनाउने, एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने, त्यस अघि दुवै पार्टीका अध्यक्ष राणा र डा. लोहनीको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन गर्ने उल्लेख छ। ३. नयाँपार्टीले हिन्दू राष्ट्र सहितको राजसंस्थालाई वैचारिक नीतिको रूपमा लिएको छ ।…

भ्रष्टाचारको व्यापकता

कूटनीतिमा सामयिकता

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५
१. नेपालमा राजनीति सधैँ चर्चाको विषय रहँदै आएको छ भने अहिले परराष्ट्र नीति र कूटनीति पनि चर्चाको विषय भएको छ। गत साता नेपालमा रहेका युरोपियन कूटनीतिक अधिकारीहरुले नेपालका संबन्धमा विज्ञप्ति जारी गरी असन्तोष जाहेर गरे भने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका सम्बन्धमा अमेरिकाले लिएको नीतिको भत्र्सना गरे। २. त्यसको लगत्तै शुक्रवार सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री के.पी. ओलीको उपस्थितिमा नेपाल स्थित राजदूतावासका राजदूतहरुलाई बोलाएर नेपालको परराष्ट्र नीति सम्बन्धमा ब्रिफिङ गरे। उनले पछिल्लो चासो द्वन्द्वकालीन न्याय , भेनेजुएला सम्बन्धी विज्ञप्ति, सरकारले चैतमा गर्न लागेको लगानी सम्मेलनबारे जानकारी दिएका थिए। ३. नेपालमा परराष्ट्र नीतिका सम्बन्धमा खास छलफल हुँदैन या…

शहीदको सपना

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
१. आज शहीद दिवस । शहीद सप्ताहको आखिरी दिन । शहीद सप्ताह अर्थात् वि.सं. १९९७ सालको माघ १० गतेदेखि १६ गते भित्र अमर शहीदहरु सर्वश्री शुक्रराज शास्त्री, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई राणा सरकारले फाँसी दिएको थियो । त्यसैको संझनामा शहीद सप्ताह र साताको आखिरी दिन शहीद दिवसका रुपमा मनाउने गरिएको छ । २. राणा सरकारको अन्याय अत्याचार बढ्दै गएकोले त्यसबेलाका चेतनशील जागरुक नागरिकहरुले राणा सरकारको विरोधमा पम्प्लेट आदि छरेर राजनीतिक संगठन गरेका थिए । टंकप्रसाद आचार्य , रामहरि शर्मा लगायतले संगठनलाई अगाडि बढाउन आफनो ज्यान हत्केलामा राखेर काम गरेका थिए । तर उनीहरुलाई ब्राह्मण भएको कारण ज्यान सजाय दिइएन । ३. ती अमर शहीदहरुले हाँसी हाँसी…

फेरि बलात्कार र हत्या

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५
१. केही महिनायता बालिका बलात्कृत भएको र बलात्कार पछि हत्या गरिएको घटना धेरै भएकाछन्। एक दुई दिन बिराएर र कहिलेकाँही प्रत्येक दिनजसो बालिकालाई बलात्कार गरिएको र बलात्कार पछि हत्या गरिएको घटना समाचार पत्रहरुमा आउने गरेको छ। त्यस्तो घटना एक ठाउँमा र एक प्रदेशमा मात्र होइन पूर्व–पश्चिम जताततै भएका छन्। २. विराटनगर नगरपालिका–८ की ११ वर्षीया गुडिया भनिने रुपमतिदासको बलात्कार पछि हत्या गरिएको छ। पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर–८ र कटहरि गाउँपालिकाको सीमा स्थित सिंधिया खोलामा फेला परेको छ। बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा देखिएको थियो। ३. मृत बालिकाको अंगमा नीलडाम भएको र अनुहार तथा कानबाट रगत…

संसदको नियम उल्लंघन

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
१. प्रतिनिधिसभाको वैठकले बहुचर्चित एवं बहुविवादित चिकित्सा विधेयक प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बेल घेराउ गरे । नारा जुलुश गरिरहेकै वेला सभामुख कृष्णबहादुर महराले बहुमतको आधारमा पास भएको भनी जेजसरी घोषणा गरे , त्यो चर्चित र विवादित भएको छ । त्यो विधेयक पेश हुँदादेखि पारित भएको घोषणा गर्दासम्म जम्मा ८ मिनेट लागेको थियो । २. सभामुख महरा विधेयकका केही अंश वाचन गर्दा धेरै आत्तिएका थिए, लर्बराएका थिए । त्यो विधेयक जबर्जस्ती पास गराउन सकेकोमा सत्ता पक्षले आफनो बहादुरी सम्झेको छ भने प्रतिपक्षी काग्रेसले घोर आपत्ति जनाएर असन्तोष व्यक्त गरेको छ । त्यो विधेयक अव राष्ट्रिय सभाले पास गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ । ३.…

मृत्यु संस्कारको विधिविधान

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
१. हाम्रा मृत्यु संस्कार लगायत केही कार्यहरुको विधि व्यवहार लामो र जटिल एवं वर्तमान युग सुहाउँदो नभएकाले तिनीहरुमा परिवर्तन गरिनु पर्ने कुरा धेरै पहिलेदेखि उठेको हो । तर हाम्रा गुरु पुरोहित , धर्माधिकारीहरुले ती परम्परामा परिवर्तनको आवश्यकता देखेका छैनन् । उनीहरु पुरानै परम्परा र विधि व्यवहारलाई यथावत् राख्न चाहन्छन् । २. त्यसो भएकाले समाजमा दुई धार प्रष्ट देखिएका छन्। पुराना विचारकाहरु परम्परा तोड्न चाहँदैनन् भने आधुनिक विचारका समाजका अग्रजहरु विद्रोही स्वभावका देखिएका छन् । खास गरेर मृत्यु संस्कार विधिका लागि समाजमा दुई धार प्रष्ट देखिएका छन् । जसले गर्दा समाजमा विवाद उत्पन्न हुने गरेको छ। ३. मुत्यु संस्कारको परम्परा तोड्ने काममा महिलाहरु पनि अगाडि आएका…

डा.के.सीको माग पूरा गर

आदर्श समाज सम्वाददाता
माघ ११, २०७५
डा केसीलाई ‘एन्टिबायोटिक’
१. वरिष्ठ चिकित्सक डा. गोविन्द के.सी. चिकित्सा सुधारको माग राख्दै आमरण अनशन बसेको दुई हप्ता भएको छ। यो उनको १६ औँ अनशन हो।अनशन बस्दा बस्दै उनको शरीर कमजोर र जीर्ण बनेको छ। तैपनि सरकारले उनको माग पूरा गनेर्तिर कुनै ध्यान दिएको छैन। प्रधानमन्त्री केपी ओली अफै उनीप्रति कठोर बनेका छन्। २. १५औँ पटक अनशनको क्रममा डा.केसी र सरकार बीच जुन संझौता भएको थियो , त्यो संझौता कार्यान्वयनको माग राखेर डा.के.सी १६ औँ पटक अनशन बसेका हुन सरकारसँग संझौता भएको माग राखेर अनशन बस्नु कुनै अपराध हैन। तैपनि सरकारी क्षेत्रले उनको चरित्र हत्या गर्ने प्रयास गरिरहेको छ। ३. देशका प्रधानमन्त्रीले सरकारले…