संसदको नियम उल्लंघन

सम्पादक
माघ १४, २०७५

१. प्रतिनिधिसभाको वैठकले बहुचर्चित एवं बहुविवादित चिकित्सा विधेयक प्रस्तुत भएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बेल घेराउ गरे । नारा जुलुश गरिरहेकै वेला सभामुख कृष्णबहादुर महराले बहुमतको आधारमा पास भएको भनी जेजसरी घोषणा गरे , त्यो चर्चित र विवादित भएको छ । त्यो विधेयक पेश हुँदादेखि पारित भएको घोषणा गर्दासम्म जम्मा ८ मिनेट लागेको थियो ।

२. सभामुख महरा विधेयकका केही अंश वाचन गर्दा धेरै आत्तिएका थिए, लर्बराएका थिए । त्यो विधेयक जबर्जस्ती पास गराउन सकेकोमा सत्ता पक्षले आफनो बहादुरी सम्झेको छ भने प्रतिपक्षी काग्रेसले घोर आपत्ति जनाएर असन्तोष व्यक्त गरेको छ । त्यो विधेयक अव राष्ट्रिय सभाले पास गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ ।

३. चिकित्सा शिक्षामा सुधार ल्यउनु पर्ने विषयमा डा. गोविन्द के.सी. को १५औँ अनशनको वेला प्रधानमन्त्री के.पी.ओली को उपस्थितिमा सरकार र डा. के.सी. को सम्झौता भएको थियो । संझौताको एक पक्ष डा.के.सी. १६ औँ पटक अनशन बसिरहेको बेला सरकारले उनीसँग कुनै सल्लाह नै नगरी विधेयक तयार गर्यो ।

४. सरकारले त्यो विधेयकमा डा.के.सी.का संपूर्णप्रायः मागहरु समावेश भएको बताएको छ भने डा.के.सी. अधुरो र अपूरो  रहेकोले त्यसलाई स्वीकार्न नसकिने भनी अनशनलाई निरन्तरता दिएका छन् । यस्तो विधेयकले विवाद सुल्झाउनु पनेर्मा झन विवादमाथि विवाद ल्याएको छ । त्यसले सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई झन टाढा पुर्याएको छ ।

५. प्रधानमन्त्री ओलीले डा.के.सी.सँग त्यसबेला भएको लिखित संझौता त्यसबेलाको परिस्थितिको उपज भनी उद्गार व्यक्त गरेपछि अनेक शंका उत्पन्न भएको थियो । लिखित संझौतालाई त्यसरी पन्छाउनेले अलिखित संझौताहरुलाई के गर्लान् भन्ने प्रश्न पनि उठेको छ । त्यसबाट विश्वासको संकट निम्त्याएको अनुभव पनि गरिएको छ । यस घटनाले भद्रसहमति गनेर्हरुको मन चिसो भएको हुनु पर्दछ ।

६. विधेयकलाई जे जसरी पास गरियो त्यसले संसदीय विकासको अभ्यासमा एउटा नराम्रो नजीर स्थापना गरेको छ । बेल घेरेर नारबाजी गरी असन्तोष व्यक्त गर्नु सांसदहरुको अधिकार हो । सांसदहरुलाई चित्त बुझाएर आआफनो सीटमा बसालेर संसदको कार्यविधि अगाडि बढाउनु सभामुखको काम हो । तर त्यो विधेयक त्यस दिन जे जसरी पास गराइयो त्यो कदापि राम्रो होइन ।

७. त्यसैकारण प्रतिपक्षले त्यसलाई निरङ्कुशता भनेको हो । त्यसले सभामुखलाई पनि सत्ता पक्षको लाचार छाया भनी आरोप लगाएको छ । कुनै दिन दमन ढुङ्गाना सभामुख हुँदा उनले  सरकार सत्तापक्षको संसद प्रतिपक्षको भनी व्याख्या गरी प्रतिपक्षलाई प्रोत्साहन गरेका थिए । तर अहिले प्रतिपक्षलाई दबाउने र वास्ता नै नगर्ने जुन परिपाटी बसाउन खोजियो , त्यो निश्चय नै आपत्तिजनक छ र त्यस्तो परिपाटीले संसदीय अभ्यासको स्वच्छ विकासमा बाधा गर्ने छ । त्यो कुरा भोलि सत्तापक्षलाई खट्कने छ । खेलको नियम भए झैँ संसद सञ्चालनको पनि आफनै नियम छ । त्यो नियमको सवैले पालन गर्नु अनिवार्य छ । त्यसमा पनि सभामुख चनाखो र निष्पक्ष हुनु अरु आवश्यक हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width