मेलम्चीको कथा

सम्पादक
माघ २८, २०७५

१. काठमाण्डौं उपत्यकालाई खाने पानी उपलब्ध गराउने भनिएको मेलम्ची खाने पानी योजनामा फेरि व्यवधान उत्पन्न भएको छ। यो व्यवधानले काठमाण्डौंमा खाने पानी पूर्ति गनेर्काम पूरा गर्न अरु दुई तीन वर्ष लाग्ने देखिन्छ। मेलम्ची खाने पानी योजनामा धेरै पटक धेरै बाधा अवरोधहरू उत्पन्न भएका थिए। ती बाधा अवरोधका कारणले मेलम्ची खाने पानी आयोजनालाई वर्षौ पर हुत्याएको छ।

२. नेपालको विकास निर्माणको जुन कथा छ, त्यही कथा मेलम्चीको पनि छ। त्यस हिसावले भन्ने हो भने   मेलम्ची खाने पानी आयोजना नेपालको विकास निर्माणको एक प्रतिनिधि आयोजना भन्नु अतिशयोक्ति हुदैन। त्यस आयोजनाले धेरै कथा, व्यथा बोकेको छ र धेरै आशा निराशा ल्याएको छ।

३. दुई तीन वर्षदेखि त्यस आयोजनामा काम गर्ने पदाधिकारीहरूले कहिले नयाँ वर्ष वैशाख १ गतेदेखि मेलम्चीको पानी काठमाण्डौंमा वितरण गरिने भन्दछन् भने वैशाख १ गते पार भएपछि आगामी विजया दशमीका दिनदेखि पानी वितरणको तयारी भइरहेको बताएर राजधानीका उपभोक्ताहरूलाई आशा जगाउने काम गर्दै आएका छन्।

४. यस पटक आयोजनाको ९७ प्रतिशत काम पूरा भएको र अव मात्र ३ प्रतिशत काम बाँकी रहेको जनाइएको थियो। सरासर काम भएमा त्यो ३ प्रतिशत काम तीन चार महिना भित्र पूरा हुने बताइएको थियो। त्यस्तैमा ठेकेदार कम्पनी सी.एम.सी. ले ३६ करोड रकमको चेक भुक्तानीको लागि पेश गर्यो। क्रिसमसको पूर्व सन्ध्यामा पेश गरेको त्यही चेक विवादको विषय बन्यो।

५. सी.एम.सी.का पदाधिकारीहरूले चेकको भुक्तानी नपाएपछि काम छोडेर जाने धम्मकी दिए भने नेपाली पदाधिकारीहरूले उनीहरू भाग्न लागेको आरोप लगाउँदै पुलिसद्वारा उनीहरूको पासपोर्ट खोसे पछि केही कुरा मिलाएर उनीहरू क्रिसमसको विदामा आफनो देश त फर्के तर सुरक्षाको कारण देखाएर उनीहरू नेपाल आउन तयार भएनन्। उनीहरूले तेस्रो मुलुकमा वार्ता गर्ने भनेका छन्।

६. उनीहरू नेपाल नआएपछि नेपालले एकतर्फी रुपमा ठेक्का तोडेको छ। ठेक्का तोडिएपछि अव नयाँ ठेकेदार खोज्नका लागि केही समय बढी लाग्नु स्वाभाविक भएको छ। समय बढी लाग्नु स्वाभाविक हो तर त्यो भन्दा ठूलो कुरा त्यसलाई के कसरी अघि बढाउने भन्ने कुरामा नै अन्यौल छाएको छ।

७. आयोजनाको  पक्ष र विपक्षमा धेरैकुरा सुनिन थालिएको छ। एक पक्ष ठेकेदारको दोष देखाउँदै छ भने अर्को पक्ष नेपाली पदाधिकारीलाई दोषी देखाउने  गरेका छन्। दोष कसको भन्ने वहस अव केही समय चल्दै जाने छ।तर त्यसैमा अलमलिनु हुँदैन। काठमाण्डोमा छिटो पानी उपलब्ध गराउनु अत्यावश्यक भएकोले जहाँ जसरी हुन्छ छिटो काम सम्पन्न गराउनु पर्दछ र छिटो पानी आपूर्ति गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width